मुलकको समृद्धिका लागि अवको एकमात्र एजेण्डा आर्थिक विकास—संचारमन्त्री राई

लेखनाथ, ५ फागुन /सूचना तथा संचार मन्त्री शेरधन राईले मुलुकको असहज परिस्थितिको अन्त्य भएकाले मुलुकका समृद्धिका लागि अवको एकमात्र एजेण्डा आर्थिक विकास भएको उल्लेख गरेका छन् ।

मन्त्री राईले १२ औं लेखनाथ महोत्सवको बुधबार लेखनाथमा उद्घाटन गर्दै, राष्ट्रिय स्वाधिनताका लागि कसैका सामु शिर नझुकाउँदा मुलुकवासीलाई केही पिडा भएको उल्लेख गरे । नेपाली जनताको शिर कसैको सामु निहुराएनौं मन्त्री राईले भने— ‘संविधान जारी भयो, देशको समृद्धिका लागि अवको एकमात्र एजेण्डा आर्थिक विकास हो । ”

सरकारका प्रवक्ता समेत रहेका मन्त्री राईले असहज परिस्थितिबाट विग्रिएको मुलुकको आर्थिक अवस्था चार गुणा सुदृढ हुने गरी सरकारले कार्य गरेको बताए । उनले अव त्यसको भरपाई हुने गरी आर्थिक क्षेत्रमा काम हुनेमा जोड दिए ।

महोत्सव लेखनाथको संस्कृति स्थानीय उत्पादन विकास र संमृद्धि भन्ने मुलनाराको साथ बुधबारदेखि १२ औ लेखनाथ महोत्सव लेखनाथ १ भण्डारढीक कास्कीमा शुरु भएको छ । कार्यक्रममा पूर्व स्वास्थ्य तथा जनसख्या मन्त्री खगराज अधिकारीले लेखनाथलाई व्यवस्थित शहरका रुपमा विकास गर्र्नु पर्नेमा जोड दिए । उनले विकासका नाउँमा राजनिति गर्न नहुने भन्दै, दोषारोपण र नकरात्मक टिप्पणीले विकास अवरुद्ध हुने उल्लेख गरे ।

फागुन १६ गतेसम्म संचालन हुने महोत्सवका बुधार पहिलो दिन २० हजार दर्शकले अवलोकन गरेको र ५० लाख रुपैयाको कारोबार भएको आयोजकले अनुमान गरेका छन् । महोत्सवको उद्घाटन कार्यक्रममा लेखनाथ क्षेत्रका विभिन्न संघसंस्था, टोल विकास, आमा समूहले झाँकी तथा र्याली प्रदर्शन गरेका थिए ।

कमेन्टहरु
Loading...