पोखरा नगर बसका व्यवसायीले विन्ध्यवासिनी बस तोड्फोड्

पोखरा ४ फागुन /पोखराका पुराना बस व्यवसायीहरुले नयाँ सञ्चालनमा ल्याएको विन्ध्यवासिनी नगर बस तोड्फोड् गरेका छन् । पोखरा १७ छोरेपाटनमा विन्ध्यवासिनीका ३ वटा बस तोड्फोड् गरेका हुन् ।

पोखरा नगर बसका व्यवसायीले विन्ध्यवासिनी बस तोड्फोड्
पोखरा नगर बसका व्यवसायीले विन्ध्यवासिनी बस तोड्फोड्

पोखरामा नयाँ नगर बस सञ्चालनको विषयमा यातायात व्यवसायीबिच कुरा मिल्न नसकेपछि तोडफोड्मा उत्रिएका हुन् । यात्रु लिएर छोेरेपाटन पुगेको बसलाई त्यही तोड्फोड् गरेको प्रहरीले जानकारी दिएको छ । तोड्फोड्बाट बसका सिसा फुटेका छन् ।

विन्धवासिनी बस ब्यबसायी समितिको नाममा तीन वटा नगर बसले रुट इजाजत प्राप्त गरेपछि सुरु भएको विवाद सोमवार बसेको बैंठकबाट पनि मिल्न नसकेपछि व्यवासायी तोड्फोड्मा उत्रिएको हो । नयाँ बसलाई प्रहरीले सुरक्षा गरेर राखेका छन् भने व्यवसायी विच जिल्ला प्रशासन कार्यालयमा बार्ता भएको छ ।

कमेन्टहरु
Loading...