सागमा १७ वर्षपछि नेपाल फाइनलमा

पोखरा, १ फागुन /नवयुग श्रेष्ठको हृयाट्रिकको मदतमा नेपालले माल्दिभ्समाथि जित हात पर्दै १७ वर्षपछि साग गेम्सको पुरुष फुटबलको फाइनलमा पुगेको छ ।
शनिबार राति भएको दोस्रो सेमिफाइनलमा नेपालले माल्दिभ्समाथि ४-३ गोलको रोमान्चक जित हात पारेको छ । नेपालले पहिलो हाफमा दुई गोलको अग्रता लिएर पनि दोस्रो हाफमा जोगाउन सकेन ६५ औं मिनेटमा कमल श्रेष्ठले रातो कार्ड पाएपछि १० खेलाडीमा समिति भएको थियो ।
तर, अतिरिक्त समयको अन्तिमतिर नवयुग श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दै हृयाट्रिक मात्र पुरा गरेनन्, नेपाललाई १७ वर्षपछि साग गेम्सको पुरुष फुटबलको फाइनलमा पुर्‍याएको छ । १९८४ र १९९३ मा साग फुटबलमा स्वर्ण जितेको नेपालले १९९९ मा फाइनल खेलेको थियो ।

त्यसबेला पनि माल्दिभ्सलाई हराएर नेपाल फाइनलमा पुगेको थियो, शनिबार इतिहास दोहोर्‍याएको छ । उसले त नेपालले बङबन्धु कपको फाइनल यात्रा तय गर्ने क्रममा पनि नेपालले माल्दिभ्सलाई नै हराएको थियो । र, उक्त खेलमा पनि नवयुगले हृयाट्रिक गरेका थिए ।

कमेन्टहरु
Loading...