मान्यजनबाट टिका र आर्शिवाद थापी दसैँ मनाईँदै

पोखरा, २८ असोज/आज बडा दसैँ । घरघरमा मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज टीकाको साइत बिहान ९ बजेर ५७ मिनेटमा उत्तम भए पनि दिनभर मान्यजनबाट टिका थापी आशिर्वाद ग्रहण गर्न शुभसाईत छ । असत्यमाथि सत्यको जित भएकोरुपमा मनाइने यस पर्वअन्तर्गत नवरात्रिका उपलक्ष्यमा आजदेखि ९ दिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँ घरमा प्रत्येक दिन पूजाअर्चना सहित दूर्गा भवानीको पूजा गरी चण्डी पाठ गरिन्छ ।slok

यसै अवसरमा राष्ट्रपति रामवरण यादव, मन्त्री परिषद् अध्यक्ष खिलराज रेग्मी, पुर्वराजा ज्ञानेन्द्रलगायत विभिन्न दलहरुले बडा दसैँ, तिहार, छठको अवसरमा देश विदेशमा रहेका सम्पूर्ण हिन्दु नेपालीहरुमा शुभकामना दिएका छन् । विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अन्य फूलको सट्टा घटस्थापनाको दिन पूजा कोठामा राखिएको समृद्धिको प्रतीक पहेलो जमरा लगाईन्छ ।
आजका दिन परिवारमा आफूभन्दा ठुलाबडा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट एस, ऐश्वर्य, सम्वृद्धि तथा दीर्घायु प्राप्त होस् भनी आशिर्वाद लिने गरिन्छ ।

कमेन्टहरु
Loading...