पदक विजेता खेलाडीलाई एक हप्ते प्याकेज

पोखरा २९ माघ । भारतमा जारी १२ औ सागमा पदक विजेता खेलाडिलाई हौसाल प्रदान गर्न पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिले पोखरा विशेष प्याकेज कार्यक्रमको घोषणा गरेको छ । सागमा सहभागी पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पदक विजेता खेलाडिका लागी एक हप्ते पोखरा प्याकेजको घोषणा गरेका हुन् । उनले टेलिफोन मार्फत एक हप्ते प्याकेज घोषणा गदै भने नेपाललाई पदक दिलाएर खेल मार्फत नेपालको नामलाई उच्च बनाउने खेलाडिहरुको सम्मानमा उनीहरुलाई पोखरामा सात दिनका लागी घुम्ने, खाने, बस्ने लगायतका सम्पूर्ण खर्च पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले ब्यहोर्ने छ ।

‘पदक विजेता खेलाडिलाई पोखरा घुम्न आउन आग्रह गर्दछु, एक हप्ता पोखरामा रहदा आवश्यक पर्ने सम्पूर्ण खर्च पश्चिमाञ्चलले ब्यहोर्ने छ ।’ उनले खेलाडिहरुलाई पोखराका होटलमा बस्ने, खाने, प्याराग्लाईडिङ लगायत पर्यटकीयस्थलमा घुम्दा लाग्ने सवै खर्च समितिले ब्यहोर्ने बताए ।‘एक वर्षभित्र पोखरा घुम्न उनीहरु पोखरा आउन सक्ने र त्यसको सम्पूर्ण ब्यवस्थापन हामी गछौ ।

कमेन्टहरु
Loading...