ह्याण्डबलमा सुखद शुरुवात

भारत, २८ माघ/भारतमा जारी बाह्रौं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले ह्याण्डमा सुखद शुरुवात गरेको छ । गुहाटीमा आज भएको महिला तथा पुरुष दुबै खेलमा नेपालले बिजयी शुरुवात गरेको हो ।
पुरुष ह्याण्डबल खेलमा नेपालले आज अफ्गानिस्तानलाई २९÷२६ को अन्तरले पराजित ग¥यो । लिग चरणको दोश्रो तथा अन्तिम खेलमा नेपालले अब भोलि पाकिस्तानसग प्रतिष्पर्धा गर्नुपर्नेछ ।

त्यस्तै, आजै भएको महिला ह्याण्डबल खेलमा नेपालले श्रीलंकालाई पराजित ग¥यो । नेपाले श्रीलंकालाई ३६÷२४ को अन्तरमा पराजित गरेको हो । लिग चरणको दोश्रो खेलमा भोलि नेपालले आयोजक भारतको सामना गर्नेछ ।

कबड्डीमा महिला पुरुष दुबै पराजित

यसैबीच, गुवाहाटीमा आज भएको कबड्डीको महिला तथा पुरुष दुबै स्पर्धामा नेपाल पराजित भएको छ । आज भएको महिला कबड्डी प्रतिष्पर्धामा नेपाल आयोजक भारतसग ५१÷१७ को फराकिलो अन्तरमा पराजित भयो । पहिलो हाफमा ३२÷६ ले पछि परेको नेपाल दोश्रो हाफमा पनि राम्रो प्रदर्शन गर्न नसक्दा पराजित भएको हो ।

लिग चरणको दोश्रो खेलमा भोलि नेपालको महिला टिमले श्रीलंकासग प्रतिष्पर्धा गर्नेछ । यसैगरी, आज भएको पुरुष कबड्डी स्पर्धामा नेपाल पाकिस्तानसग पराजित भयो । पहिलो हाफमा १६÷४ ले पछि परेको नेपाल दोश्रो हाफमा पनि निरिह हुदै समग्रमा ३४÷१३ को अन्तरमा पराजित भयो ।

कमेन्टहरु
Loading...