पोखरा शुक्रबार डिजेल र शनिबार दुई पाङग्रेलाई पेट्रोल बाड्ने (कुन कनु ठाउँमा समेत )

पोखरा, २८ माघ /पोखरामा शुक्रबार डिजेल र शनिबार दुई पाङग्रेलाई पेट्रोल वितरण गर्ने भएको छ ।

????

petol (1)

आज मिति २०७२।१०।२८ गते बसेको वैठकले निम्न लिखित पेट्रोल पम्पहरुबाट निम्न परिमाणमा पेट्रोलियम पदार्थ वितरण गर्ने निर्णय गरियो ।

निर्णय नं. १
मिति २०७२।१०।२९ र २०७२।११।१ गते निम्नानुसारका पेट्रोल पम्पहरुबाट निम्नानुसारको पेट्रोलियम पदार्थ वितरण गर्ने ।
निर्णय नं.२ः मिति २०७२।१०।२९ गते वितरण हुने डिजेल १४४ के.एल र २०७२।११।१ मा वितरण हुने पेट्रोल १६७ के.एल. मिति २०७२।१०।२८ गते साझ सम्ममा नेपाल आयल निगम, इन्धन डिपो, गगनगौडाले सम्बन्धीत पम्पहरुमा उपलब्ध गराउने ।
निर्णय नं.३ः वितरण मिति २०७२।१०।२९ र २०७२।११।१ गते विहान ८ बजे देखि शुरु हुने ।
निर्णय नं. ४ः उपरोक्त पेट्रोल पम्पहरुबाट तोकिए अनुसार सवारीहरुलाई अभिलेख राखी निम्नानुसार मोटरसाइकललाई रु.८००।– र स्कुटरलाई रु.४००।–बराबरको । सवारी धनीले व्लूबुक अनिवार्यरुपमा लिई आउनु पर्ने ।
निर्णय नं. ५ उपरोक्त पेट्रोल पम्पहरुबाट निम्न वमोजिमको डिजेल उपलब्ध गराउने ।
क. लामो दुरीको ठुलो ट्रक, वस– रु. ७५००।– बराबरको
ख. ग्रामिण रुटमा चल्ने ठूलो बस – रु.३५००।– बराबरको
घ. मिनि वस – रु. ३०००।– बराबरको
ङ. हायस बस – रु. ३०००।– बराबरको
च. नगरबस÷वेगनास बस – रु. ३५००।– बराबरको
छ. मिनि, मझौला र लोकल ट्रकहरु – रु.२५००।– बराबरको
ज. अन्य निजी डिजेल कार, जिपहरु – रु. २०००।– बराबरको
झ. ठूलो ट्याक्टरहरु – रु.१०००।– बराबरको
ञ. साना ट्याक्टरहरु – रु.५००।– बराबरको
ट. पर्यटन ठूला बसहरु रु.५५००।– बराबरको
ठ. पर्यटन साना सवारीहरु रु.२०००।– बराबरको
ड. खुद्रा माल ढुवानी गाडीहरु रु.१५००।– बराबरको

कमेन्टहरु
Loading...