नवयुगको ह्याट्रिकमा नेपालको सुखद शुरुवात, नेपालद्वारा भुटान ५–0 ले पराजित

भारत, सिलोङ्ग, २४ माघ/भारतमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुद ९साग० मा नेपालले पुरुष फुटवलमा पनि सुखद सुरुवात गरकेो छ ।

आज भएको खेलमा नवयुग श्रेष्ठको ह्याट्रिकको मद्धतमा नेपालले भुटानलाई ५÷० को फराकिलो अन्तरले हराउँदै बिजयी सुरुवात गरेको हो । नेपालका लागि नवयुग श्रेष्ठ ले ह्याट्रिक गरे । उनले ३६, ७६ र ८५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका हुन् ।

यसअघी उनले बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा समेत ह्याट्रिक गरेका थिए । बंगबन्धु गोल्डकपबाट चम्किएका नवयुगको यो दोश्रो अन्र्तराष्ट्रिय ह्याट्रिक हो । आजको खेलको ४५ औं मिनेटमा विशाल राईले र अञ्जन विष्टले ५१ औं मिनेटमा गोल गरेका थिए ।

नेपालले ११ तारिखमा बंलादेशसंग प्रतिस्पर्धा गर्दै छ । बंगलादेशमा फुटबलमा गोल्ड मेडल जितेदेखि अहिलेसम्म नेपाल गोल्ड मेडल बिहिन छ ।

कमेन्टहरु
Loading...