जोमसोममा विमान दुर्घटना, २२ जना घाइते, (फोटो फिचर सहित)( भिडियो पनि छ )

सागर राज तिमिल्सिना/पोखरा, २ जेठ/पोखराबाट मुस्ताङ्गको जोमसोमको लागि उडेको नेपाल एयरलाईन्सको नाईन एन एविओ जहाज जोमसोम विमानस्थलमा अवरतणका क्रममा आज विहान दुर्घटना भएको छ । धावन मार्गमा गुडेर मोडिने क्रममा विमान दुर्घटना भएको हो । विमान धावन मार्ग वाहिर नजिकै रहेको कालिगण्डकी नदि किनारमा खसेको हो । दुर्घटनामा परि चालक दलका ३ सहित १४ नेपाली र ८ जना जापानीज पर्यटकहरु घाइेत भएका छन् ।

599456_583110065062392_1678160451_nदुर्घटनाबाट कुनै पनि मानविय क्षति नभएपनि ५ जना गम्भिर घाइते भएका छन् । गम्भीर घाइते मध्ये २ जना पाइलट र को पाइलटलाई काठमाडौ लगिएको छ भने २ जापानीज नागरीक सहित परिचारीकाको पोखराको पश्चिमाञ्चल क्षेत्री अस्पतालमा उपचार भैरहेको छ ।सामान्य घाइते भएकाहरुको स्थानिय अस्पतालमा उपचार भएको छ । गम्भिर घाइतेहरुलाई तारा एयरको विमान र फिस्टेल एयरको हेलिकप्टरबाट पोखरा ल्याइएको थियो ।acc copy

चालक दिपेन्द्र प्रधान, सहचालक सुरेक केसी, एयर होस्टेज सन्तमाया तामाङ्ग घाइते छन् । एयर होस्टेज तामाङ्गको पोखरामा उपचार भैरहेको छ । घाइते हुनेहरुमा नुरु लाक्पा शेर्पा, हजिमे नम्बा, सेटसुको साटो, ईत्सुकु टेरादा, साचियो कवाबे, याको याजावा, हिरोमी याजावा, हिरोका कावाकमि, एकिको अबे
मधु पन्त , डिल्ली राज पन्त, गोविन्द पहाडी, उमा थापा मगर, सन्तोष विक, पेमा गुरुङ्ग, जिआर ठकुरी
र के गुरुङ्ग रहेका छन् । घाइते मध्ये ७ जनाको जोमसोममा नै उपचार भैरहेको छ भने अन्य सबै काठमाडौ फर्किएका छन् ।

acc 2 copy

बिमानको अघिल्लो भागमा रहेका चालक दलका सदस्य र यात्रु बढी घाइते भएको त्यहास्थित पत्रकारहरुले जानकारी दिएका छन् । दुर्घटना भएपनि आगलागी वा विस्फोट हुनबाट विमान जोगिएको छ । दुर्घटनाग्रस्त बिमानको आधा भाग कालीगण्डकी नदीमा खसेको र आधा भाग तारमा अल्झिएको प्रत्यक्षदर्शिले बताएका छन् । नजिकै नेपाली सेनाको ब्यारेक रहेका कारण तत्कालै उद्धार सम्भव भएको हो । नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा नेपाली सेना र स्थानियबासीले उद्दार गरिरहेका थिए । पोखराबाट विहान ८ बजेर १० मिनेटमा उडेको विमान ८ बजेर ३३ मिनेटमा दुर्घटना भएको हो ।

भिडियोका लागि तल किल्क गर्नु होला

कमेन्टहरु
Loading...