छापाखानामा कार्यरत मजदुर आन्दोलनको समाचार प्रति मुद्रण उद्योग संघको ध्यानाकर्षण

पोखरा, ३१ वैशाख/छापाखानामा कार्यरत मजदुर आन्दोलनका कारण सात दिनदेखि बन्द भएका दैनिक पत्रिकाको समस्या सम्बन्धमा वैशाख ३१ गते प्रकाशन भएको समाचार प्रति मुद्रण उद्योग संघको ध्यानाकर्षण भएको छ । संघका अध्यक्ष कल्याण पालिखेले श्रम ऐनमा उल्लेख भए अनुसारको मजदुरहरुको सेवा सुविधा कार्यान्वयन गर्न संघ तयार रहेको बताए ।

उनले आज पोखराबाट प्रकाशन भएका पत्रपत्रिकामा उल्लेख गरिए अनुसारको लिखित रुपमा दिन नसकिने समाचारमा औद्योगिक प्रतिष्ठान र श्रम ऐनको व्यवस्था बाहिर गएर कुनै लिखित नियुक्त दिन नसकिने भनिएको स्पष्ट पारेका छन् । शान्तिका लागि नागरिक समाजको सञ्जाल, इन्सेक, मानवअधिकार आयोग लगायतका मानवअधिकारकर्मीसँगको भेटमा उनले श्रम ऐन कार्यान्यनमा आफ्नो विरोध नभएको तर मजदुर संगठनले त्यस भन्दा बाहिर गएर आफ्ना मागहरु राख्दा समस्या समाधनमा ढिलाइ भएको समेत जनाए ।

यसैवीच, सञ्जालका संयोजक विष्णु बरालले यस समस्या समाधानका लागि मुद्रण संघ, मजदुर युनियन र मानवअधिकारकर्मीवीच त्रिपक्षीय वार्ता गरी समस्या समाधानका पहल गरिरहेको बताए । यसअघि मजुदुर संघका अध्यक्ष लीलाबहादुर घर्तीमगरले ०६९ फागुन २३ गते छापाखाना व्यवसायी र मजदुरबीच ११ बुँदे सहमति भएकोमा सम्झौता कार्यान्वयन नगरेपछि आन्दोलनमा उत्रनु परेको बताएका थिए ।

मुद्रण संघ पनि गम्भीर

मुद्रण उद्योग संघ कास्कीले अखिल नेपाल सञ्चार छापाखाना मजदुर संघको आन्दोलनका कारण पोखराबाट प्रकाशित हुने अधिकांश पत्रिका प्रकाशित हुन नसकेको भन्दै त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका कास्की सचिव रामनाथ भण्डारीले आज एक विज्ञप्ती प्रकाशितगरी पत्रिका नै प्रकाशित गर्न नसक्ने वातावरण सिर्जना भएको प्रति ध्यानाकर्षण भएको जनाउनुभएको हो ।

विज्ञप्तीमा संघका कास्की अध्यक्ष कल्याण पालिखेले भन्दै नभनेको मजदुरको माग मौखिक रुपमा पूरा गर्न तयार भएपनि लिखित रुपमा दिन नसकिने जस्ता कुराहरु भर्सन कोड गर्दै अपवाह फैलाउन खोजेको भन्दै त्यसप्रति सचेत रहि वार्ताबाटै समाधान गर्न आफ्नो संस्था सदैव तयार रहेको जनाउनुभएको छ ।

कमेन्टहरु
Loading...