हुर्जाद्वारा ज्ञापनपत्र मन्त्रिपरिषदमा पठाईयो

पोखरा, ३१ बैशाख/मानव अधिकार पत्रकार संघ हुर्जा कास्कीले नयाँ वर्ष नयाँ कामका साथ सुरू गरेको पहिलो कार्यक्रम हस्ताक्षर संकलन कार्यलाई पूर्णता प्रदान गरेको छ। “मानवअधिकार उल्लंघनमा शून्य सहनशिलता कायम गर्न सबैको ध्यान, लोकतन्त्र, प्रेस स्वतन्त्रता, शान्ति, संविधान र निर्वाचनको कामनासहित हुर्जा कास्कीको हस्ताक्षर अभियान” लाई मूलमन्त्र बनाएर लोकतन्त्र दिवसको अवसर पारेर संकलन गरेको हस्ताक्षरसहितको ज्ञापनपत्र मंगलबार जिल्ला प्रसाशन कार्यालय कास्कीमार्फत अध्यक्ष खिलराज रेग्मी तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलाई पठाएको छ।

उक्त ज्ञापनपत्र पेश गर्दै हुर्जा कास्कीका अध्यक्ष कृष्ण अञ्जान ज्ञवालीले आमजनमानसले भोग्नु परेको चिन्ताको विषयलाई सरकारले छिटो भन्दा छिटो चासोका साथ हेरोस् र तत्काल समस्याको समाधान गरोस् भन्ने हेतुले प्रमुख जिल्ला अधिकारीज्यूको कार्यालय कास्कीमार्फत ज्ञापनपत्रसहितको हस्ताक्षर बुझाउनु परेको बताए।

यसैगरी संस्थाका उपाध्यक्ष राजेश पराजुलीले हुर्जाले सञ्चालन गरेको हस्ताक्षर  कार्यक्रममा विभिन्न राजनीतिक, सामाजिक संघसंस्था, मानवअधिकारका क्षेत्रका क्रियाशिल व्यक्तित्वहरू गरी दश हजार बढीको हस्ताक्षर संकलन गरिएको बताए।
दिन प्रतिदिन खस्कदै गएको मानवअधिकार, काममा नभई नाममा मात्र सिमित रहेको प्रेस स्वतन्त्रता, ढलमलाई रहेको लोकतन्त्र, बढ्दै गएको द्वन्दले अस्थिर रहेको शान्ति, चार वर्षसम्म बन्न नसकेको संविधान, गफमा मात्र सिमित रहेको स्थानीय निकाय एवं संविधानसभाको निर्वाचनको विषयलाई आज आमजनताले चासो र चिन्ताको रूपमा लिन परेको छ। उक्त चिन्ताको विषय आमजनमानसको बनेपछि हुर्जाले मुख्य मुद्दाको रूपमा उठाउने गरी यो वर्षको पहिलो कार्यक्रम
अन्तर्गतको हस्ताक्षर कार्यक्रम रोजेको हो ज्ञापनपत्रमा उल्लेख छ।

हस्ताक्षर संकलनसहितको ज्ञापनपत्र ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी यादवराज कोइरालाले मुलुकमा बढ्दै गएको मानवअधिकार उल्लंघनका घटनाहरू, प्रेस तथा पत्रकारमाथिका आक्रमण, लोकतन्त्र माथिको दमन, अस्थायी शान्ति, संविधान सभाले दिन नसकेको संविधान, स्थानीय निकाय एवं संविधानसभाको निर्वाचनलगायतका हुर्जाले उठाएका सम्पूर्ण मुद्दाहरू समय सान्र्दभीक र आमजनमानसको चिन्ताको विषय भएकाले त्यसका लागि आफूले सक्दो पहल गर्ने बताए।

 

कमेन्टहरु
Loading...