कास्कीको लेखनाथमा बड्फ्यु, ५ सय ५५ कुखुरा नस्ट

सागर राज तिमिल्सिना/ पोखरा, ३१ बैशाख /कास्कीको लेखनाथ नगर पालिका तल्लो गगन गौडामा एक कुखुरा फर्ममा बड्फ्यु देखिएको छ । गगन गौडाका बसन्त श्रेष्ठले पालेको कुखुरा फर्ममा बड्फ्यु भेटिए पछि सबै कुखुरा नस्ट गरिएको क्षेत्रिय पशु निर्देशनाल पोखराका निर्देशक बम्सी शर्माले जानकारी दिए ।

बड्फ्यु देखि पछि उनको फर्ममा रहेका सबै ५ सय ५५ कुखुरा र ४० केजी दाना नस्टन गरेको शर्माले जानकारी दिए । शर्माले पोखरा बड्फ्यु उच्च जोखिममा रहेको उनले बताए । लेखनाथमा देखिएको ज्छल्ज्ञ बड्फ्यु देखिएको शर्माले जानकारी दिए । उनले ३ किलोमिटर वरपरको क्षेत्रलाई उच्च जोखिम भएका कारण भोलीबाट नियमित अनुगमन गरीने शर्माले जानकारी दिए ।

त्यो क्षेत्रमा ठुल ठुला कुखुरा फर्म र ह्चरी समेत भएका कारण नियमीत अनुगमन गर्ने उनले बताए । उक्त फर्ममा यस अघि पनि बड्फ्यु देखिएको थियो । पोखरा तीन महिना पहिले पनि चार ठाउँमा बड्फ्यु देखिएको थियो ।

कमेन्टहरु
Loading...