आज अक्षय तृतीया

३० वैशाख, काठमाण्डौं । जौंको सातु र सर्वत दान गरेर आज अक्षय तृतीया पर्व मनाईदैछ । आज खुदो र महको सर्वत तथा जौको सातु खानाले गर्मर्ीयाममा शरीर स्वस्थ राख्न र पानीको मात्रा बढाउन सहयोग पुग्ने विश्वास गरिन्छ ।

आज बुढाबुढीलाई छाता, लौरो र कपडाको जुत्तादान गर्ने चलन पनि छ । ज्योतिषहरुका अनुसार आज गरिएका सबै सत्कर्महरुको अक्षय पुण्य प्राप्त हुन्छ । वर्षको सबैभन्दा पवित्र दिन भएकाले अक्षय तृतीयालाई ‘बिघ्नविनाशक’ दिन पनि भनिन्छ । अक्षयको अर्थ कहिल्यै क्षय नभएर स्थायी रहने भन्ने हुन्छ ।

चार युगमा सत्य र त्रेता यसै तृतीया तिथिबाट शुरु भएको मानिन्छ । चार धाममध्ये एक बद्रीनाथ धामको ढोका आजकै दिन खोलिन्छ । बेदव्यासलेसमेत अक्षय तृतीयाकै दिन महाभारतको रचना गरेको मानिन्छ ।

www.onlinekhabar.com

कमेन्टहरु
Loading...