उच्च स्तरीय समितिको बैठकले चुनावको छिनोफानो गर्ने

३० वैशाख, काठमाण्डौं । देशमा बढ्दो राजनैतिक अन्योलताको अन्त्य गर्दै देशलाई चुनावी वातावरणमा अगाडी बढाउने विषयमा छलफल गर्न उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ ।

साँझ पाँच बजेपछि नयाँ बानेश्वरमा बस्ने बैठकमा निर्वाचनको मिति घोषणा र सरकारको विपक्षमा रहेका आन्दोलनरत दलहरुसँगको वार्ता प्रक्रियाका बारेमा छलफल हुनेछ । बैठकमा आफूहरु लचक भएर आन्दोलनरत दलहरुसँग वार्ताको प्रयास गर्ने र त्यो नभए सरकारलाई नै सम्पूर्ण जिम्मेवारी दिने विषयमा पनि आज छलफल हुने एक नेताले जानकारी दिए ।

बैठक कांग्रेस सभापति सुशील कोइरालाको कार्यकाल सकिन लाग्दा बोलाइएको हो । आलोपालोका रुपमा एक एक महिना नेतृत्व गर्ने गरी गठन गरिएको संयन्त्र अध्यक्ष रहनुभएका कोइरालाको समयवअधि मंगलबार सकिँदैछ भने त्यसपछि एमालेका अध्यक्ष झलनाथ खनालले संयन्त्रको नेतृत्व सम्हाल्नुहुनेछ ।

उच्चस्तरीय राजनीतिक समितिमा एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी मोर्चाका शीर्ष नेताहरु छन ।

cp. www.onlinekhabar.com/2013/05/70222/#sthash.hpV1NJmw.dpuf

कमेन्टहरु
Loading...