विमानस्थल निर्माण दवाबको लागि आमहड्तालको आह्वान हवाई उडान पनि ठप्प

पोखरा,१२ भदौ / पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिले भदौ १५ र १६ गते पोखरा उपत्यकामा आम हड्तालको घोषणा गरेको छ । विमानस्थल निर्माणको लागि जारी आन्दोनलको सुनवाई नभएको भन्दै सरोकार समितिले आमहड्तालको घोषणा गरेको हो । आमहड्तालको क्रममा पोखरा विमानस्थल पनि बन्द गरिने छ हवाई उडानहरु थप्प पारिने सरोकार समितिले जानकारी दिए छ । समितिले वार्ता र संवादको ढोका भने खुल्ला राखेको छ ।

सरोकार समितिको मंगलबार बसेको बैठकले आफ्नो एक सूत्रीय मागको सुनवाई नगरिएको, पर्यटन मन्त्रालयले अनसनमा बसेका व्यक्ति÷समूह÷संस्थासँग काठमाडौंमा वार्ता गर्ने भनी जारी गरेको विज्ञप्तिले आन्दोलनको भावनालाई कदर नगरेको र निर्णय गर्न ढिलाई गर्ने मनशायले प्रेरित भएको ठहर गर्दै कडा आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य भएको सरोकार समितिका संयोजक कृष्णमोहन श्रेष्ठद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कमेन्टहरु
Loading...