तनाव छल्न माओवादी अध्यक्ष दाहाल पोखरामा

सागर राज तिमिल्सिना /पोखरा, २८ बैशाख/एकिकृत नेकपा माओवादीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड तनाव छल्न शुक्रबार पोखरा आएका छन् । काठमाडौबाट स्थलमार्ग हुदै शुक्रबार साझँ साढे सात बजे दाहाल पोखरा आएका हुन् । लोकमान सिहंलाई अख्तियारको प्रमुख आयुक्तमा नियुक्ती र राजनीतिक तनावका कारण शान्त ठाउँमा बस्नका लागी पोखरा आएको माओवादी स्रोतले बताएको छ ।

दाहाल पोखराको लेकसाइड स्थित होटल कान्तिपुरमा बसेका छन् । दाहाल तनाव छल्नुका साथै राजनीतिक नयाँ निकासका लागी डकुमेन्ट लेख्न पोखरा आएको माओवादी नेता दिपक कोइरालले जानकारी दिए । दाहाल आराम र डकुमेन्ट लेख्न आएको बताउदै कोइरालले पोखरामा कुनै औपचारीक कार्यक्रम नभएको बताए ।

दुई दिनको बसाइका लागी आएका दाहालले हेटौडामा सम्पन्न सातौ महाधिबेशनबाट पारित नीति तथा कार्यक्रको समीक्षा तथा पार्टीले तय गनुपर्ने भावी रणनीतिका विषय समेत तय गर्ने कोइरालले बताए । जेठ १९ गतेका लागि तय भएको एकिकृत नेकपा माआवादीको केन्दिय कमिटीको बैठकमा पेश गर्ने राजनीतिक तथा साङ्गठानिक प्रतिबेदन तयार पार्ने उनले बताए ।

कमेन्टहरु
Loading...