राजनैतिक दलहरुनै संघीयताको विषयमा स्पस्ट नभएको सहप्रध्यापक रेग्मी

पोखरा २८, वैशाख/पृथ्बीनारायण क्याम्पस पोखराका सहप्राध्यापक पद्मशरण रेग्मीले राजनैतिकदलहरु संघियताको विषयमा स्पस्ट नभएको कारण देशमा नयाँ संविधान निमार्ण हुन नसकेको दाबी गरेका छन् ।

सामुदायिक विकास प्रतिष्ठान जिल्ला नागरीक सचेतना समुह नागरीक शिक्षा परियोजना संघियता विषयक पुनर्ताजगी स्पस्टता कार्यक्रममा पोखरामा सुक्रबार सहजिकरण गर्दै सहप्राध्यापक रेग्मीले नेपालका दलहरुले संघियताका विषयमा राम्रोसंग अध्ययन नगरी संघियताको विउ रोपेर देशलाई भद्रगोलको स्थीतीमा पुराएको आरोप लगाएका हुन ।

विश्वमा हाल ६ वटा संघियताको नमुना भएको प्रष्ट पार्दै रेग्मीले नेपालमा जातिय, भाषिक तथा धार्मिक रुपमा कुनै पनि हालतमा संघिय राज्य घोषणा गर्न नहुने जिकिर गरे । समुहका संयोजक हेमराज बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष नन्दकला नेपाली, पोखरा उपमहानगरपालिका कार्यालय वडानम्वर ९ का वडा सचिव लोकदर्शक कोईराला, गैर सरकारी संस्था महासंघका केन्द्रीय सदस्य रामप्रसाद सुवेदी, समुहका नारायणी कोईराला लगायतले संघियताको विषयमा दलहरुले जनताहरुलाई राम्रोसंग बुझाउनु पर्ने बताए ।

कमेन्टहरु
Loading...