सेवाग्राहीलाई दुःख दिनेलाई छाडिन्नः अख्तियार प्रमुख लोकमान

२७ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले मालपोत कार्यालयमा रकम नलिई काम नहुने गरेको गुनासो आएको भन्दै सेवाग्राहीलाई दुःख दिनेहरुलाई नछाडिने बताउनु भएको छ ।

भूमिसुधार मन्त्रालय र मातहतका विभाग, उपत्यकाका मालपोत, नापी र गुठी संस्थानका प्रमुखहरुसँग भएको छलफलमा कार्कीले गलत मनसाय राख्ने, समयमा निर्णय नगर्ने र सेवाग्राहीलाई परिर्वतनको अनुभूति दिलाउन नसक्नेललाई कारबाही गर्ने बताउनु भयो । असल नियले काम गर्ने डराउनु नपर्ने उहाँको भनाई रहेको प्रवक्ता कृष्णप्रसाद ढुंगानाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

रकम नलिई काम नहुने गरेको गुनासो आएको भन्दै कार्कीले सुधारको कदम चाल्न र जनताले पाउने सुविधामा सकारात्मक परिर्वतन ल्याउन निर्देशन दिनु भएको छ । कार्यलय प्मुखको आदेश मातहतका कर्मचारीले नटर्नु प्रमुखकै कमजोरी भएकेा भन्दै उहाँले कार्यलय प्रमुखलाई निगरानीमा राख्ने बताउनु भयो ।

आयुक्त केशव बरालले मालपोल कार्यालयमा अतिरिक्त खर्त नगर्ने काम सम्पन्न हुनु पर्ने र अभिलेख राखी खोजेको मिसिल तुरुन्त पाउन सकिने व्यवस्थ ागर्न निर्देशन दिनु भएको छ । cp. onlinekhabar.com

 

कमेन्टहरु
Loading...