लोकमानका विरुद्ध एक घण्टा कलम बन्द

पोखरा, २७ बैशाख/ लोकमान सिंह कार्कीलाई जनआन्दोलको भावना विपरित शहिदको वलिदानको अपमान गर्दै सम्बैधानिक परिषदले अक्तियार दूरुपयोग अनूसन्धान आयोग जस्तो सम्बैधानिक निकायमा नियूक्तिको विरोधमा पेशागत महासंघ पोखरामा शूक्रबार एक घण्टा कलम बन्द गरेको छ ।

विहान १० बजे देखि ११ वजे सम्म देशव्यापी रुपमा कलम बन्द कार्यक्रम कास्कीमा पनि सफलताका साथ सम्पन्न भएको छ । विभिन्न कार्यालयमा कोण सभा सहित सम्पन्न कार्यक्रममा ट्रेड युनियनका नेता तथा सेवाग्राहिले सम्बोधन गरेका थिए ।

नेपाल विद्यूत प्राधिकरणमा भएको विरोध कार्यक्रमा पेशागत महासंघ, नेपाल कास्कीका अध्यक्ष रामप्रसाद खनालले सम्बोधन गर्दै जूनसूकै ठाउ र तहबाट हूने जनविरोधि र अलोक्तान्त्रिक कार्यको विरोध तमाम पेशाकर्मी रहने वताए । यस्ता गलत कामको विरोधमा आम जनसमूदाय पनि सडकमा उत्रिनू पर्न उनको भनाई थियो । काण सभामा सेवाग्राहीको तर्फबाट हरि वहादूर खत्रिले समेत ऐक्यबद्धता जनाए ।

कमेन्टहरु
Loading...