महाभुकम्प जादा पनि नेपाली सेना संचार विहिन नबन्ने

सागर राज तिमिल्सिना /पोखरा, २७ बैशाख /महा भुकम्प लगाएतका विपद्का बेला संचार मिलाप गर्न उद्देश्यले सिद्धिदल गण पोखरमा अविलम्व मिलाप सम्पन्न गरेको छ । २५ गते देखि शुरु भएको अविलम्ब मिलाप कार्यक्रममा महा भुकम्प लगाएतका ठुला विपद्का बेला कसरी संचार सन्चालन गर्न सकिन्नछ भन्ने बारेमा प्रयोगात्म अभ्यास गरेका थिए । ठुला विपद्का बेला संचारलाई प्रभावकारी बनाई छिटो छरितो रुपमा उद्धार, राहत लगाएको काम प्रभावकारी हुने विजयपुर व्यारेकका गणपति जोम्सन खड्काले जानकारी दिए ।

नेपाली सेनाले भुकम्पबाट भौतिक संरचनामा ठुलो क्षति भई विद्युत्, दुरसचार, रेडियो, टेलिभिजन लगाएत अत्यावश्यक सेवा अवरुद्ध हुदा समेत आफ्नो सिग्नलमार्फत सञ्चारसम्पर्क कार्यम गर्न सक्ने खड्काले बताए । सेनाका त्यस्ता सिग्नंल विपद व्यवस्थापनमा व्यावहारीक भरपर्दा र सुरक्षित हुने उनको भनाई थियो । नेपाली सेनाले प्रयोग गर्दै आएको सिग्नलको प्रयोग विधि र प्रक्रियाबारे शुक्रबार पत्रकारलाई विजयपुर व्यारेकमा जानकारी दिएका थिए ।

सन् २००९ मा २ सय ३६ जना जनशक्ति सहित सैनिक मुख्यालयमा सिग्नल निर्देशनालय स्थापना गरेको थियो । अहिले विस्तार गरी गुल्मसम्म पु¥याएको सेना जानकरी दिएको छ । शुरुमा रनरको रुपमा प्रारम्भ भएको सिग्नल सेवा अहिले भिस्याट प्रणालीमा स्तरोन्नती भइसकेको छ । मुलुकमा ८ दशमलव ३ रेक्टर स्केलको भुकम्पबाट भौतिक संरचना ध्यस्वत भई अत्यावश्यक सेवासमेत अवरुद्ध भए नेपाली सेनाले अन्य सुरक्षा निकायसँग समन्वय गरेर आफ्ना सिग्नल मार्फत घटनाबारे सत्यतथ्य सुचना प्रवाह गर्न सक्षम रहेको विजयपुर व्यारेकका मेजर सुरज लामिछानेले जानकारी दिए ।

उनले सुडानमा गएको महा भुकम्पलाई पु¥याएको जनधनको क्षतिबाट पाठ सिक्दै नेपाली सेनाले पुर्व तयारी अध्यास गरेको बताए । सेनाले पाचै विकास क्षेत्रमा यस्तो प्रयोगात्मक तालिम गरेको उनले बताए ।
प्राकृतिक प्रकोपका घटना भएका बेला नेपाली सेनाले आफ्नो १०० वाटको ग्रिनटेक रेडियो सेट सिग्नलमार्फत आफ्ना मातहतका निकायबाट निरन्तर रुपमा सुचना प्राप्त गर्न सक्नेगरि भौतिक संरचना समेतको तयारी गरेको खड्काले जानकारी दिए ।

कमेन्टहरु
Loading...