पोखरामा अुनगमन शुरु, तिन ठाउँमा अनुगमन

पोखरा, ११ भाद्र/ चाड पर्व नजिकिदै जादा जिल्ला प्रशासन कार्यालय कास्कीले अनुगमन शुरु गरेको छ । अनुगमन समितिले पोखरा औद्योगीक क्षेत्र भित्र रहेका दुई उद्योग र पोखरा, जाल्पा रोडमा रहेको पसलमा अनुगमन गरेको छ । औद्योगीक क्षेत्रमा रहेको असल डेरी र पोखरा फुड्समा अनुगमन गरेको छ भने जाल्पारोडको अनुज किनारा स्टोर्समा अनुगमन गरेको छ ।

अनुगमनका क्रममा असल डेरी र अनुज किनारा स्टोसमा ढक तराजु नाप तौल कार्यालयबाट प्रमाणीकरण नगरेको पाएकोले ३ दिन भित्रमा नाप तौल कार्यलयमा उपस्थिती हुन अनुगमन समितिले आदेश दिएको छ । अनुगमनका क्रममा स्टोसबाट विभिन्न खाद्यसामाग्रीमा लेभलीङ्ग नपाए पछि समितिले जफत गरेको उपभोक्ता अधिकार मञ्च कास्कीका अध्यक्ष कपिल कोइरालले जानकारी दिए ।

त्यसै गरि अनुगमनका क्रममा असल डेरीलाई साइन बोर्ड राख्ने, सरसफाइमा अझ बढि ध्यान दिन निर्देशन दिएको खाद्य प्रविधि तथा गणनियन्त्रण कार्यालयका खाद्यनिरिक्षक शिवजी बरालले बताए । अनुगमनका क्रममा पोखरा फुड्समा ल्याब, प्रविधि, सरसफाइ लाएतमा उत्कृष्ट रहेको बरालले बताए । अनुगमन टोलीमा खाद्य प्रविधि तथा गणनियन्त्रण कार्यालयका खाद्यनिरिक्षक शिवजी बराल, उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिल कोइराला, जिल्ला प्रशासन कार्यालयका नायव सुब्वा माधव घिमिरे, नाप तौल तथा गुणस्तर कार्यालयका साहेक निरिक्षक दुर्गा प्रसाद रेग्मी, नाप तौल तथा गुणस्तर कार्यालयका नायब सुव्वा डिल्लिराम गिरी रहेका छन् ।

कमेन्टहरु
Loading...