सर्वदलीय बैठक थ्रेसहोल्डवारे विवाद

२७ वैशाख, काठमाण्डौं । संविधानसभाको निर्वाचनबारे छलफल बसेको  सर्वदलीय वैठकमा निर्वाचन सम्बन्धि थ्रेस होल्डवारे प्रमुख दलहरूवीच नै विवाद भएको छ ।   सिंहदरबारको डा. हर्क गुरुङ सभाहलमा बसेको बैठकमा प्रमुख दलहरूवीच नै थ्रेसहोल्डवारे विवाद भएको हो ।

news-photo

छलफलमा एमाओवादी, मधेशी मोर्चा लगायतका अधिकांश दलहरुले अघिल्लो चुनावमा गरिएको व्यवस्था अनुसार नै निर्वाचनमा जानु पर्ने अडान राखेका थिए । तर कांग्रेस, एमाले, राजपा र राप्रपाले भने थ्रेसहोल्ड लागू गर्नु पर्नेमा जोड दिएका थिए । वैठकमा एमाओवादी लगायतका दलले आगामी निर्वाचनमा सिट संख्या ६०१ नै कायम राख्नु पर्ने वताएका थिए । कांग्रेस एमालेलगायतका केही दलले भने यसअघि भएको सहमति अनुृसार नै ४९१ सिट संख्या उपयुक्त हुने वताएका थिए ।

तर सरकार विरोधी ३३ दल भने सर्वदलीय छलफल बहिष्कार गरेका छन् ।  उनीहरुले निर्वाचनको विषयमा असहमति जनाउँदै सरकारसँग बार्ता नगर्ने निर्णय गरेका हुन् ।

तीन बुँदे माग सम्बोधन भए वार्तामा बस्छौं- नेकपा-माओवादी

यसैबीच नेकपा-माओवादीले आफ्ना तीन सुत्रिय मागको सम्बोधन गरेमात्र सरकारले आह्वान गरेको वार्तामा बस्ने जनाएको छ । नेकपा-माओवादीले चैत १ गते गरेको २५ बुँदे आदेश खारेज गर्न तयार हुनुपर्ने, आप्रवासी नेपाली नागरिकता प्रदान गर्ने राष्ट्रघाती नागरिकता विद्येयक खारेज गरिनुपर्ने र अख्तियार प्रमुखको नियुक्ति बदर गरिनुपर्ने माग गरेको छ ।

सरकारले वार्ताका लागि आग्रह गरेको पत्रको जवाफ लेख्दै नेकपा- माओवादीका अध्यक्ष मोहन वैद्यले सरकारलाई लेख्नुभएको पत्रमा संविधानसभाको निर्वाचनबारे सर्वदलीय बैठकमा छलफल गर्न बोलाएको पत्र प्राप्त भएपनि वार्तामा बस्नका लागि आफुहरुले विगतदेखि उठाउँदै आएका माग सम्बोधन नभएकाले सरकारी वार्तालाई त्यसले औचित्यहिन बनाएको उल्लेख गरिएको छ । पत्रमा आफूले उल्लेख गरेका तीन शर्त पूरा गर्न सरकार तयार भए आफुहरु वार्तामा बस्ने उल्लेख गरिएको छ । साथै ४ दललाई राष्ट्रिय आत्मसमर्पणवादी मार्गमा नलाग्न पनि आग्रह गरिएको छ । cp. onlinekhabar

कमेन्टहरु
Loading...