थमन–महेश स्मृति पत्रकारिता पुरस्कार बराललाई

पोखरा, २४ बैशाख/क्रान्तिकारी पत्रकार संघ, नेपाल कास्की शाखाद्धारा स्थापित तथा संचालित ‘थमन–महेश स्मृति पत्रकारिता पुरस्कार २०७०’ पहिलो पटक बरिष्ठ पत्रकार कोमल बराललाई अर्पण गरिने भएको छ । पुरस्कार छनौट समितिको सिफारिसमा क्रान्तिकारी पत्रकार संघ कास्कीको सोमबार बसेको बैठकले बराललाई पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो ।

नगद २५ हजार दुइ रुपैया र सम्मान पत्र सहितको पुरस्कार पत्रकार सहिद कृष्ण सेन इचछुकको स्मृति दिवसको अबसरमा हुने बिशेष कार्यक्रममा आगामी जेठ १४ गते पोखरामा प्रदान गरिने क्रान्तिकारी पत्रकार संघ कास्कीले जनाएको छ । यो पुरस्कार हरेक बर्ष दश बर्ष देखी जनपक्षिय पत्रकाारिता गर्दै आएका पत्रकारलाई प्रदान गर्ने संघले जनाएको छ ।

बरिष्ठ पत्रकार कुसुमकेशब पराजुलीको संयोजकत्वमा बरिष्ठ पत्रकार नारायण भट्टराई, पत्रकार महासंघका पार्षद गोमा घिमिरे तथा संघका अध्यक्ष त्रिभुबन पौडेल सदस्य र सचिब बिभू भुषाल सदस्य सचिब रहेको छनौट समितिको सिफारिसमा, संघको बैठकले पुरस्कार बराललाई प्रदान गर्ने निर्णय गरेको अध्यक्ष त्रिभुबन पौडेलले जानकारी दिनुभयो ।

जनयुद्धका क्रममा जनपक्षिय पत्रकारिता गर्दा गर्दै आफ्नो जिवन उत्सर्ग गर्नुभएका थमन परियार र महेश पहारीको स्मृतिमा क्रान्तिकारी पत्रकार संघ कास्कीले आफ्नै पहलमा पुरस्कारको स्थापना गरेको हो ।

सम्मानित ब्यक्तित्व बराल हाल राष्ट्रिय समाचार समितिको अध्यक्ष हुनुहुन्छ । पोखराको राष्ट्रिय स्वाभिमान साप्ताहिकबाट पत्रकारिता थाल्नुभएका बरालले जनादेश साप्ताहिकको समेत संपादकको जिम्मेवारी सम्हालि सक्नुभएको छ । कास्कीको लेखनाथ नगरपालिका बराल डाँडामा बि.सं. २००५ सालमा जन्मनुभएका बराल, क्रान्तिकारी पत्रकार संघका केन्द्रिय सल्लाहकार समेत हुनुहुन्छ ।

यसैबिच, बैठकले क्रान्तिकारी पत्रकार संघका तमुवान अध्यक्ष एलपी बञ्जारा र सल्लाहकार नारायण भट्टराई, पत्रकार महासंघका केन्द्रिय सदस्य रुद्रं भट्ट र संघका कास्की अध्यक्ष त्रिभुवन पौडेल मोफसल मिडिया समाजको हालै हेटौडामा सम्पन्न भेलाबाट क्रमशः महासचिब, उपाध्यक्ष र सदस्यमा चयन हुनुभएकोमा बधाई ज्ञापन गर्ने निर्णय गरेको छ ।

कमेन्टहरु
Loading...