सेतीबाढीमा परी वेपत्ता तथा मृत्यु भएकाहरुको स्मृतिमा पितृ उद्धार तथा श्रद्धाञ्जलीसभा

दिननाथ बराल/पोखरा, २४ वैशाख/सोमबार (आज) वैशाख २३ गते अर्थात कास्कीको तातोपानी खारापानी लगायतको क्षेत्रमा सेतीबाढीले ठुलो जनधनको क्षति भएको दिन । सोहीे दिनलाई स्मरण गर्दै सोमबार वेपत्ता तथा मृत्यु भएकाहरुको स्मृतिमा पितृ उद्धार तथा श्रद्धान्जली कार्यक्रममा आयोजना गरीएको छ । धार्मिक परम्परा अनुसार पण्डित तथा लामा गुरु वेपत्तातथा मृत्यु भएका व्यक्तिहरुको स्मृतिमा पुजा पाठ गर्दै पितृ उद्धार तथा श्रद्धान्जली कार्यक्रममा सहभागि भए ।

गत बर्ष आजकै दिन अकल्पनीय रुपमा सेतीमा आएको भिषणा बाढीले ३१ जनाको शव भेटिएको थियो भने ३१ जना मानिस वेपत्ता भएका थिए । श्रद्धान्जली सभामा वक्ताहरुले सेतीनदी बाढीबाट प्रभावितहरुको उचित राहत मिलाउन सरकारसंग आग्रह गर्दै सेतीनदी बाढीको जोखिममा रहेका मानिसहरुलाई सचेतना जगाउनु पर्ने बताएका छन् ।

स्मृतिमा सेतीबाढी कविता र पेन्टिङमा पितृ उद्धार तथा श्रद्धान्जली सभामा बोल्दै जिल्ला दैवी प्रकोप उद्धार समितिका सदस्य सचिव एवम् कास्कीका स्थानीय विकास अधिकारी ईश्वरराज पौडेलले वेपत्ता भएका नेपाली नागरीकहरुको लागि राहत उपलब्ध गराउन २८ जनाको नाम गृह मन्त्रालयमा पठाएको बताए । उनले अन्य भौतिक संरचनाहरुको बारेमा भने विभिन्न संघ सस्थाहरुसंग समन्वय गरी अघि बढाउदै गरेको बताए । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवाल, कास्कीका जिल्ला शिक्षा अधिकारी भन्द्रकान्त भुषालले बाढी प्रभावित बालबालिकाहरुको पठनपाठनको लागि आवश्यक सहयोग गर्ने वचन दिएका छन् ।

रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले कास्कीमा ठुलो विपद पर्दा समेत सरकारले खासै ध्यान नदिएकोमा गुनासो गर्दै तत्काल थप राहत र पुननिर्माणमा जोड दिन आग्रह गरे । गत बर्षको सेतीबाढीको प्रत्यक्षदर्शी अष्टमान प्रधानाङगले खोला भन्दा केहि माथि एैसेलु खान लाग्दा आफु सेतीबाढीबाट बचेको बताउदै घटनाको बारेमा जानकारी गराएका थिए । साहित्यकार तीर्थ श्रेष्ठले अव्यबस्थीत बसोवासका कारण मानिसले जानी जानी प्राकृतिक प्रकोपको जोखिम मोलेको दाबी गर्नुभयो । सयपत्री युवा क्लबका तथा स्थानीयबासी गुन्जमान गुरुङले तातोपानीलाई पहिलाको स्वरुपमा फर्काउन सवैको सहयोग आवश्यक भएको बताए ।

विपद उत्थानशिल निमार्ण परियोजनाका संयोजक बासना सापकोटा, नव आदर्श बहुउद्धेश्य सामुदायिक समाजका अध्यक्ष बुद्धि खत्रि, नेपाल रेडक्रस सोसाईटी कास्कीका अध्यक्ष रामप्रसाद ज्ञ वाली, रेडियो अन्नपूर्णका प्रबन्ध निर्देशक सुनयना पालिखे, सशस्त्र प्रहरी बल कालिका गण मालेपाटन पोखराका गणपति शम्भु उप्रेती, कम्युनिटि सपोर्ट ग्रुपका अध्यक्ष मनोज गुरुङ, सिद्धार्थ क्लवका कार्यवाहक अध्यक्ष बिद्या मर्सानी, सेतीबाढी प्रत्यक्षदर्शी प्रशंसा शर्मा लगायतले गत बर्षको सेतीनदी बाढीको स्मरण गर्दै प्राकृतिक प्रकोपबाट मानिसहरुलाई बचाउन पुर्व सर्तकता आवश्यक भएको बताएका छन् ।

सार्दीखोला पोखरा सम्पर्क समितिका अध्यक्ष बमबहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । जिल्ला दैवि प्रकोप उद्धार समिति कास्की, रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज, कम्युनिटि सपोर्ट ग्रुप, सिद्धार्थ क्लव, विपद उत्थानशिल निमार्ण परियोजना, पोखरा उपमहानगरपालीका कार्यालय, सार्दी खोला पोखरा सम्पर्क समिति, कुमुदीनि होम्स उच्च मावि, सार्दीखोला तथा माछापुच्छे« गाविस, नेपाल रेडक्रस सोसार्यटी कास्की, नव आदर्श बहुउद्धेश्य सामुदायिक समाज, आर्जना श्रेष्ठ स्मृति प्रतिष्ठान पोखराको संयुत्त, आयोजनामा तातोपानी खारापानीमा उक्त कार्यक्रम आयोजना भएको हो ।

पोखराका कलाकारहरुले करीब ३ घण्टा लगाएर केहिले पेन्टीङ गरेका थिए भने केहिल साहित्यीक रचना वाचन गरेका थिए । सेतीनदीको वस्तुस्थिति र गत बर्षसेतीनदीले पु¥याएको क्षतिको बारेमा कलाकारीतामा झल्केको थियो । साहित्यकार सरुभक्त श्रेष्ठ, सरस्वती प्रतिक्षा, ईश्वरमणि अधिकारी, असफल गौतम, दिलिप दोषी, विश्व शाक्य, सुरेश रानाभाट, डाक्टर चैतन्य अधिकारी, अर्जुन अधिकारी, शरण आँसु, देवी त्रिपाठी, जमुना आर्सी, अनुज कुलुङ, विष्णु बाँस्तोला, छविलाल आचार्य लगायतले रचना वाचन गरेका थिए । सृजनशिल कलाकार समुह कास्कीको अगुवाईमा भएको पेन्टीस्ङमा १३ जना सहभागि भएको समुहका अध्यक्ष पदम घलेले बताए । पेन्टीङमा पदम घले, लोक प्रसाद गुरुङ, क्षेत्रलाल कायस्थ, विश्व शाक्य, केदार पालिखे, किरण रञ्जीत, सुर्य बराइली , झवीन्द्र गुरुङ, दलबहादुर गुरुङ, मनोज तामाङ, विश्व केसी, दिपेन गुरुङ र जगत पुनमा सहभागि भएका थिए ।

उक्त अवसरमा आर्जना श्रेष्ठ स्मृति प्रतिष्ठान स्थापना गरिएको छ । प्रतिष्ठानले १ लाख ५० हजार बराबरको अक्षयकोष समेत स्थापना गरेको आर्जनाका बाबु साहित्यकार दिलिप दोषीले बताए । दोषीले उक्त रकम बराबरको चेक समेत प्रतिष्ठानका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका हुन । आर्जना गत बर्ष तातोपानीमा बनभोज खाना जाँदा सेतीनदीको बाढीमा परी मृत्यु भएको थियो ।

दोषीले १ लाख बाँकी रकम आर्जना अध्ययन गरेको बिद्यालय निलगिरी बोडीङ स्कुलबाट संकलन भएको प्रतिष्ठानले जनाएको छ । आगामी बर्षदेखि एक÷एक जना छात्र÷छात्रालाई आर्जना श्रेष्ठ स्मृति सम्मानबाट सम्मान गरीने भएको छ । त्यसै गरी कुमुदिनी होम्स उच्च माविले ४६ जना सेतीनदी बाढी प्रभावीत वालवालीकाहरुको लागि झोला तथा स्टेस्नरी उपलब्ध गराएको थियो । कुमुदिनी होम्सका अखिलेस पालिखे र कुशल पालिखे लगायतले उक्त सामाग्रि वितरण गरेका हुन् ।

कमेन्टहरु
Loading...