एड्स रोग नियन्त्रण संघद्धारा आँकुरालाई सहयोग

पोखरा, २४ वैशाख/एड्स रोग नियन्त्रण संघ कास्कीले सोमवार एक कार्यक्रमकाबीच आँकुरा केयर भिलेज पुरुञ्चौरलाई आर्थिक सहयोग प्रदान गरेको छ । कास्कीको पुरुञ्चौर स्थित कुसुममा आयोजित कार्यक्रममा संघका अध्यक्ष विश्वमोहन गौचनले ३० हजार रुपैयाको चेक आँकुरा एकल तथा सङक्रमित महिला समुहकी अध्यक्ष लक्ष्मी अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो । संघको पहलमा थकाली सेवा समिति बेलायत (यु.के.) का अध्यक्ष रेशम शेरचन तथा पदाधिकारी र परिवारबाट संकलन गरिएको सो रकम प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष विश्वमोहन गौचनले आँकुरासँग आगामी दिनमा पनि हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । आँकुरा एकल तथा सङक्रमित महिला समुहकी अध्यक्ष लक्ष्मी अधिकारीले संघले आकुँरालाई बेला बेला गर्ने सहयोगले ठूलो राहत पुगेको बताउनुभयो । संघका अध्यक्ष विश्वमोहन गौचनको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार गोविन्द प्रसाद शर्मा, सचिव राजन उपाध्याय, सदस्यहरु पुरुषोत्तम श्रेष्ठ, रामभुषण पराजुली लगायतले बोल्नुभएको थियो । आँकुरा केयर भिलेजमा हाल विभिन्न जिल्लाका ८ जना सङ्क्रमितहरु छन् ।

आयआर्जनका लागि उनीहरुले बाख्रा पालन, खेतीपाती समेत गरेका छन् । ४ वटा बाख्राबाट सुरु गरिएको बाख्रा पालनमा हाल ४२ वटा पुगेको समुहकी अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । संघले आँकुरालाई स्थापनाकाल देखि नै आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ । सोहि अवसरमा गत वर्ष सेती बाढीमा अकस्मात आएको बाढीका कारण मृत्यु भएकाहरुको सम्झनामा एक मिनेट मौन धारण गरि मृत आत्माको चिर शान्तिको कामना गरिएको थियो ।

कमेन्टहरु
Loading...