एक महिने निःशुल्क तेक्वान्दो प्रशिक्षण शिविर सम्पन्न

पोखरा, १९ वैशाख। कास्की जिल्ला तेक्वान्दो सङ्घको आयोजनामा सञ्चालित एक महिने निःशुल्क तेक्वान्दो प्रशिक्षण शिविर बुधबार पोखरामा सम्पन्न भयो। लेखनाथको शिशुवा, बगरको न्यू लिटिल स्टेप बोर्डिङ स्कुल र पोखरा रड्डशालामा सञ्चालित सो शिविरमा करिब एक सय जनाको सहभागिता रहेको सचिव प्रेमनारायण न्यौपानले जानकारी दिए। लेखनाथमा कुमार गुरुङ, बगरमा ललितबहादुर धामी र हेमराज कार्की तथा पोखरा रड्डशालामा सुनबहादुर लामा र गंगा गुरुङले प्रशिक्षण दिएका थिए।

समापन कार्यक्रममा प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानी, शिविर संयोजक क्या. भूपालसिंह गुरुङ, कास्की जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष जगन बहादुर गुरुङ, उपाध्यक्ष राजु श्रेष्ठ, सदस्य सुनिल गुरुङलगायतले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए। सोही अवसरमा एक महिने शिविरमा स्वयंसेवकको रूपमा सहयोग गर्ने गंगा गुरुङलाई मायाको चिनो प्रदान गरिएको थियो।
कर्यक्रममा प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानीले मार्सल आर्ट विधाले मानिसको शारीरिक क्षमता मात्र बढाउने नभइ मानसिक, बौद्धिक विकास पनि गराउने दाबी गरे।

प्रशिक्षार्थीको तर्फबाट भावना भण्डारीले प्रशिक्षणले आत्मविश्वासी बन्न सिकाएको बताइन्। अभिभावकको तर्फबाट गंगाबहादुर थापाले तेक्वान्दो खेलले नेपाललाई विश्वामा चिनाएको आफूले पाएको भन्दै यस खेलको विकासको लागि सबैको सहयोग हुनुपर्ने विचार व्यक्त गरे। कास्की जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष जगन बहादुर गुरुङले सङ्घले प्रत्येक वर्ष निःशुल्क तेक्वान्दो प्रशिक्षण शिविर सञ्चालन गरेर नयाँ खेलाडी उत्पादन गर्ने गरेको बताए। उनले वि.सं. २०७० सालभित्र तेक्वान्दोको आÇनै भवन बनाउने दाबी गर्दै त्यसले खेलाडीलाई तालिम लिन सहयोग पु¥याउने विश्वास व्यक्त गरे।

अध्यक्ष गुरुङले समापनकोअवसरमा जुनियर तेक्वान्दो च्याम्पियनसीप गर्दै आएको भए पनि यसपटक केन्द्रीय सङ्घले नै राष्ट्रिय प्रतियोगिता गर्न लागेको त्यसलाई जेठ महिनामा गरिने जानकारी दिए।
कार्यक्रममा बिहीबारदेखि काठमाडौंमा सञ्चालन हुन गइरहेको निकोज दोस्रो जुनियर राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा भाग लिन जाने खेलाडी, टीमकोच तथा रेफ्रीहरूलाई खादा लगाएर शुभकामनासहित बिदाइ गरिएको थियो। १३ सदस्यीय टोलीको टीमकोचमा ललितबहादुर धामी रहेका छन्। यस्तै कास्कीबाट कुमार गुरुङ र तनहुँबाट बलराम लामाले रेफ्रीको भूमिका निर्वाह गर्दैछन्। भाग लिन जाने खेलाडीमा पुरुषतर्फ ४५ केजीमुनि विनोद थापामगर, ४८ केजीमुनि दिवस थापा, ५१ केजीमुनि सुरज माझी, ५५ केजीमुनि अभिक गुरुङ र ५९ केजीमुनि दीपेश विष्ट रहेका छन्।

यस्तै महिलातर्फ ४२ केजीमुनि रुक्सना मियाँ, ४४ केजीमुनि ज्योति नेपाली, ४६ केजीमुनि शिवा आचार्य, ४९ केजीमुनि प्रतीक्षा सुवेदी र ५१ केजीमुनि सड्डीता भण्डारी रहेका छन्। पुम्से सिड्डल महिलातर्फ प्रतीक्षा सुवेदी तथा पुम्से सिड्डल पुरुषतर्फ अभिक गुरुङ रहेका छन्। कास्की जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष जगन बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रेमनारायण न्यौपानले गरेका थिए।

कमेन्टहरु
Loading...