चुरे भावर अध्यक्ष ‘माओवादी बन्धक’

१९ वैशाख, काठमाण्डौं । नेकपा-माओवादीका केन्द्रीय सदस्य उदय चलाउनेको टोलीले चुरे भावर राष्ट्रिय लोकतान्त्रिक एकता पार्टीका अध्यष भूमिराज निरौलालाई अपहरण गरी पार्टी कार्यालय बुद्धनगरमै बन्धक बनाएको खुलेको छ । पूर्व प्रहरी महानिरीक्षक सनत बस्नेत जोडिएको जग्गा मुद्दालाई लिएर उनलार्य गत बिहीबार थापाथलीबाट जबर्जस्ती गाडीमा राखी एक घन्टा बन्धक बनाएका थिए ।

निरौलाका तर्फबाट केन्द्रीय सदस्य हरिबहादुर दाहाल र नवराज थापामगरले शुक्रबार पूर्व आईजी बस्नेत, चलाउने र पवनकुमार उपाध्यायलाई विपक्षी बनाई जिल्ला प्रहरी कार्यलय, ललितपुरमा लिखित उजुरी दिएका छन् । ‘पार्टी अध्यक्षको अपहरण गर्ने उपर आवश्यक कारबाही पाउँ’ भन्दै दाहाल र मगरले उजुरी दिएको नागरिक दैनिकमा खबर छ ।

‘घटनाको भोलिपल्टै म स्वयंम उपस्थित भएर जावालाखेलमा उजुरी दिएको हु, कारबाही बढ्यो, बढेन केही खबर पाएको छैन्,’ मगरले भने । निरौलाका अनुसार सर्वोच्च अदालत बारका सचिव तथा अधिवक्ता एकराज पोखरेलले उनको मुद्दा हेरिरहेका छन् । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...