संविधान सुचना केन्द्रमा परामर्श बैठक

पोखरा, १८ बैशाख/ नेपाल कानुन समाज संविधानसभा सचिवालयको सहकार्यमा स्थापित संविधान सुचना केन्द्र गण्डकीद्धारा जिल्ला स्तरिय सरोकारवालहरुसँगको नियमित परामर्श बैठक मंगलवार सम्पन्न भएको छ । परामर्श बैठकमा राष्ट्रिय मानअधिकार आयोगका पोखरा क्षेत्रीय अध्यक्ष यज्ञप्रसाद अधिकारीले संविधान निर्माणका लागि आधारभुत विषयहरुमा दलिय सहमति नबनाए निर्वाचन पछि पनि संविधान बन्न नसक्ने आशंका व्यक्त गर्नुभयो ।

संविधान निर्माणका लागि दल र नेताहरुको क्रियाशिलता एवं इच्छाशक्तिको अभाव देखिएकाले निर्वाचन पछि पनि संविधान बनाउने भन्दा पनि समय गुजार्ने काम मात्रै हुन सक्ने उहाँको आशंका थियो । त्यसैगरी वरिष्ठ अधिवक्ता तिलक आचार्यले संविधानसभा होइन प्रतिनीधि सभाको निर्वाचन आवाश्यक, निर्वाचन आयोगमा पार्टी दर्ता गर्नेहरुका विच पुर्व सहमति, संघीय प्रदेश उत्तर दक्षिण पाँच मात्रै उपयुक्त, चुनाव वहिष्कार गर्ने धम्की दिइरहेका ३३ दललाई सहमतिमा ल्याउनुपर्ने, चार दलिय सहमतिका नाममा फौजदारी अभियोग लागेकालाई पनि माफी दिन नहुने लगायतका विचार व्यक्त गर्नुभएको थियो ।

संविधान सुचना केन्द्र गण्डकीका प्रमुख एवं अधिवक्ता जुनाकुमारी गुरुङको अध्यक्षतामा भएको उक्त परामर्श बैठकमा मानव अधिकार संगठनका कार्यवाहक अध्यक्ष अधिवक्ता विरेन्द्र बास्तोला, इन्सेकका प्रतिनिधी बाग्मती शर्मा कट्टेल, शान्तिका लागि नागरीक समाज सञ्जाल कास्कीका संयोजक विष्णुप्रसाद बराल, महिला अधिकार रक्षक सञ्जालका संयोजक नन्दकला नेपाली, अधिवक्ता डण्डपाणी आचार्य, प्रेस चौतारी कास्कीका अध्यक्ष श्याम कुँवर, अनिज कास्कीका अध्यक्ष हुमबहादुर तमु लगायतले निर्वाचनपुर्व नै सर्वदलिय सहमति आवाश्यक रहेकोमा जोड दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन विष्णुप्रसाद अधिकारीले गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...