प्रतिष्ठानको सांस्कृतिक टोली बंगलादेश प्रस्थान

पोखरा, १७ वैशाख/अलि मियाँ लोक वाङ्मय प्रतिष्ठान पोखराको सांस्कृतिक टोली भ्रमणको लागि मङ्गलबार बड्डलादेश प्रस्थान गरेको छ । बड्डलादेशको साहित्यिक प्रकाशन संस्था ओइको लिमिटेडको निमन्त्रणामा मैत्रीपूर्ण भ्रमणको लागि प्रतिष्ठानको सो टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

टोलीमा प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ, प्राज्ञ हरिदेवी कोइराला, लोकगायक पद्मराज ढकाल, स्वतन्त्र पत्रकार सङ्घ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला, सङ्गीतकार धनबहादुर गायक साहित्यकार कृष्ण भण्डारी “मुमुÔु”, धर्मराज पौडेल “अल्पायु”, लोकचन्द्र खनाल रीता पहारी, जैनव खातुन, राजेन्द्र गुरागाइँ, दुर्गा दाहाल, कलाकार सन्तोष तामाङ र प्रीति गुरुङ रहेका छन् ।

टोलीले वैशाख १८ गते बड्डलादेशको राजधानी ढाकामा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने भएको छ । टोलीलाई बड्डलादेशस्थित नेपाली राजदूतावासले वैशाख २१ गते कार्यक्रमको आयोजना गरी सम्मान गर्ने जनाइएको छ ।

कमेन्टहरु
Loading...