आजबाट कक्षा १२को परिक्षा सुरु,करिब ४ लाख परिक्षार्थी सहभागी

उच्च माध्यमिक शिक्षा परिषद अन्तर्गतको कक्षा १२ को परिक्षा आजबाट सुरु भएको छ । आगमी वैशाख २९ सम्म सञ्चालन हुने परिक्षामा ३ लाख ९८ हजार १ सय १५ परीक्षार्थी सहभागी रहने परिषदले जनाएको छ, जसमा १ लाख ९३ हजार ३ सय ६४ छात्र र २ लाख ४ हजार ७ सय ५१ छात्रा छन्। करिब ४ लाख परीक्षार्थीका लागि परिषदले देशभर ९ सय ३२ परीक्षाकेन्द्र निर्धारण गरेको छ।

परिक्षाको लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष पर्यवेक्षक कर्मचारी तथा सुरक्षाकर्मी गरि करिब ३० हजार परिचालन गरिएको पनि परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।परिक्षा नियन्त्रक दुर्गा अर्यालका अनुसार परिषदले यस वर्षको परीक्षा व्यवस्थित र मर्यादित बनाउन परीक्षामा उच्छुंखल कार्य गर्ने परीक्षार्थीलाई कारबाही गरिने बताएका छन् । नक्कली परिक्षार्थी भेटीएमा सार्वजनिक अपराधअन्तर्गत सजाय हुने बताए । यस्तै

‘परीक्षामा अर्मादित कार्य गर्ने केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, सुरक्षा गार्ड लगायत जोकोहीलाई कसुर हेरी एक लाख जरिवाना, ६ महिना कैद वा दुवै हुनसक्छ,’ उनले भने, ‘साथै विभागीय कारबाहीमा घटुवा, बढुवा रोक्का वा निलम्बनसम्मको कारबाही हुने बताए । परीक्षा अवधिभर परीक्षा केन्द्रमा परीक्षार्थी र निरीक्षकलाई मोबाइल फोन लैजान प्रतिबन्ध लगाइएको छ ।

कमेन्टहरु
Loading...