चौथो दिन पनि रिले अनसन सहित आन्दोलन जारी

पोखरा, १० भदौ / पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको माग गर्दै नागरिक दबाब समूहले पोखरा विमानस्थल अगाडि सुरु गरेको अनिश्चितकालिन रिले अनसन चौथो दिन पनि जारी छ । रिले अनसनमा आज विभिन्न राजनैतिक दलका जिल्लामा नेतृत्व गर्ने नेताहरु अनसनमा बसेका छन् ।

अनसनमा एकिकृत नेकपा माओबादीका जिल्ला इन्चार्ज झलकपाणी तिवारी, र पुर्ब नगर ईन्चार्ज कृष्ण गिरी, नेपाली काग्रेसका जिल्ला सभापति यज्ञ बहादुर थापा, नगर सभापति बिष्णुहरि बराल, नेकपा एमालेका जिल्ला अध्यक्ष मानबहादुर जिसी र नगर प्रमुख तेज नारायण अधिकारी रहेका छन् ।

त्यसै गरि नेकपा माओबादीका कास्की ईन्चार्ज साबित्रि दुरा रिले पोखरा उद्योग बाणिज्य संघका बुद्ध गुवाजु, पोखरा पर्यटन परिषदका अध्यक्ष टिकाराम सापकोटा, पर्यटन बोर्डका पुर्व सदस्य अग्नी कडेँल अनसनमा बसेका छन् । त्यसै गरि दिऊसो ४ पछि कास्की पुर्व सभासद्हरु अनसनमा बस्ने तय भएको आन्दोलन समितिले जानकारी दिएको छ ।

आन्दोलनलाई रचनात्मक र दबाबमुलक बनाउन अनसन स्थलमा विभिन्न कलाकारहरुको टोलीले सांगितिक कार्यक्रम समेत गरिरहेका छन् । पोखरा विमानस्थल निर्माणको कार्य तत्काल थाल्न चरणवद्ध आन्दोलनमा उत्रीएका पोखरेलीले सांकेतिक रुपामा विमानस्थल निर्माणको काम समेत थाल्ने भएका छन् । ३८ बर्ष अघिको परियोजनाको ठेक्का स्वीकृत गर्ने अन्तिम समयमा केन्द्रबाट अवरोध गर्न खोजिएको भन्दै पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण सरोकार समिति गठनगरी आन्दोलन उत्रीएका पोखरेलीले भदौ १३ गते बुधबार प्रस्तावित विमानस्थलको जग्गामा सांकेतिक रुपमा निर्माण कार्य थाल्ने भएका हन् ।

सरोकार समितिको शनिबार बसेको बैठकले कुटो, कोदालो, गैची, बेल्चासहित प्रस्तावित विमानस्थलको जग्गामा संकेतिक रुपमा विमानस्थल निर्माण कार्य थाल्ने निर्णय गरेको हो । उक्त दिन कुटो, कोदालो, गैची,, बेल्चा सहित कार्यक्रममा सहभागि हुन सम्पूर्ण पोखरेलीलाई समितिले आग्रह गरेको छ । आन्दोलन अनुसार भदौ ११ गते पोखरा विमानस्थल अगाडि खेलाडिहरुले विभिन्न खेल, कौशल प्रस्तुत गर्ने आन्दोलन कार्यक्रम निर्धारण समितिका संयोजक आन्नदराज मुल्मीले जानकारी दिए ।

त्यसै गरि १२ गते विद्यार्थीहरुले मानव साङ्गो बनाइ प्रदर्शन गर्ने, १४ गते डाक्टर र वकिलले आ आफ्नो पोसाक र औजार सहित प्रर्दशन गर्ने भएका छन् । पोखरामा विमानस्थल निर्माणको लागि सरकारले २०३१ सालमा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरेको थियो ।

कमेन्टहरु
Loading...