कास्कीमा १३ गते देखि घुम्ति सेवा कार्यक्रम

पोखरा, ११ बैशाख/नागरिकलाई राज्यबाट प्रदान गरिने सेवाहरु घरदैलोमा प्रदान गर्ने उद्देश्य सहित कास्कीका ४३ गाविसमा बैशाख १३ देखि २ दिने एकिकृत घुम्ति सेवा कार्यक्रम लागु हुने भएको छ । त्यसैगरी नागरिकता वितरण तथा मतदाता नामावाली संकलन कार्यसमेत सोही बेला सञ्चालनमा ल्याइने जिल्ला प्रशासन कार्यालय कास्की द्धारा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी यादव प्रसाद कोइरालाले जानकारी दिए ।

मतदाता नागरिकता वितरण कार्यक्रम पहिलो चरणमा पहिलो टोलीले १५ देखि ३० सम्म र दोस्रो चरणमा २७ देखि जेठको ५ गते सम्म सञ्चालन हुने कोइरालााले जानकारी दिए । नागरिकता प्रदान र मतदाता संकलनका लागि दुवै चरणमा गरेर ७ टोलि परिचालित गरिने र एकिकृत घुम्ति सेवा भने ६ वटा टोलीले सेवा दिने उनले जानकारी दिए । घुम्ति सेवामा नागरिकता वितरण, स्वास्थ्य सेवा, कृषि एवं पशुसेवा, शिक्षा, र सरकारी सेवाहरु उपलब्ध गराइने छ ।

राज्यले नागरिक प्रति जिम्मेवार, उत्तरदायी र जवाफदेही भई छिटो भन्दा छिटो घरदैलोमा घरदैलोमा सेवा पु¥याउने उद्देश्यले देशभर यस्ता कार्यक्रम सञ्चालन भईरहेका छन् । प्रमुख जिल्ला अधिकारी कोइरालाले सवै सेवाहरुका लागि जिल्ला प्रशासन कार्यालय कास्कीले सवै कार्यालयहरु संग समन्यव गरि पुरा गरिसकेको जानकारी दिए । गाउँमा दिइने सेवालाई कसरी प्रभावकारीरुपबाट सेवा प्रदान गर्न सकिन्छ भन्ने उद्देश्यले हिजो मात्र सर्वपक्षिय बैठक गरी सोही आधारमा सेवा प्रदान गर्ने गाविस र स्थान तोकिएको थियो । सरकारले गाउँ गाउँ सम्म चुनावी रनकता ल्याउनका लागी पनि यस्तो कार्यक्रमलाई अगाडी सारेको कोइरालाले जानकारी दिए ।

कमेन्टहरु
Loading...