एकान्तकुनामा १९ वर्षीया युवती बलात्कृत

८ वैशाख, काठमाडौं /ललितपुरको एकान्तकुनामा १९ वर्षीया युवती आफ्नै कोठामा बलात्कृत भएकी छिन् । एकान्तकुनाका २४ वर्षीय शिव थापा मगरले गत वैशाख ३ गते तामाङ थरकी युवतीलाई बलात्कार गरेका हुन् । पीडित युवतीको उजुरीका आधारमा महानगरीय प्रहरी परिसर ललितपुरले शिवलाई पक्राउ गरेको छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार शिवले अभियोग स्वीकार गरेका छन् । उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...