सरकारसँग वार्ताको औचित्य छैनः बैद्य

८ वैशाख, काठमाडौं /नेकपा-माओवादीलेसरकारद्धारा प्रस्तावित वार्ताको औचित्य नभएको बताएको छ । माओवादी अध्यक्ष मोहन बैद्य किरणले आइतबार विज्ञप्ति जारी गरि चैत १ गते राष्ट्रपतिद्वारा जारी २५ बुँदे आदेश खारेजबारे छलफल गर्न तयार हुने कि नहुने भनि प्रश्न गर्नु भएको छ ।

‘चैत्र १ गते राष्ट्रपतिज्यूबाट जारी गरिएको ‘२५ बुँदे आदेश’ नै पार्टीहरु वीच सहमति र सार्थक वार्ताका लागि प्रमुख समस्या बनेको छ । सो आदेशको खारेजीबारे छलफल गर्न तयार हुने कि नहुने भन्ने नै अहिलेको वार्ता सम्वन्धि मूल विषय बन्न गएको छ’ विज्ञप्तिमा भनिएको छ-’पत्रको व्यहोरा हेर्दा चैत्र १ गतेको प्रतिगामी र असंवैधानिक कदमको पृष्ठभूमिमा जारी गरिएको “२५ बँुदे आदेश”को मार्गचित्र अनुरुप आयोजना गरिने कथित सम्विधान सभाको निर्वाचन सम्वन्धमा वार्ता गर्न खोजिएको कुरा प्रष्ट छ ।

त्यसकारण, यो प्रस्तावित वार्ताको कुनै औचित्य देखिदैन ।’ विघटित संविधान सभामारहेका सबै दलहरुसहित आन्दोलनरत सबै दलहरुको बीचमा सहमतिको लागि सर्वपक्षीय गोलमेच वार्ता गरी राजनीतिक सहमति कायम गर्नु पर्ने स सरकारको बारेमा पनि दलहरु वीचको सर्वपक्षीय सहमतिबाट टुंगो लगाइनु पर्ने उसको माग छ । वर्तमान सरकारलाई असंवैधानिक भन्दै बैद्यले सरकारले गर्न लागेको निर्वाचनका विषयमा मात्र गरिने वार्ताको कुनै औचित्य नहुने बताउनु भयो । cp.onlinekhbar.com

 

कमेन्टहरु
Loading...