बेरोजगारले बुझाए सरकारलाई ज्ञापन पत्र

पोखरा, ५ बैशाख/बेरोजगार युवा संघ नेपालले आज देशैभर प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । बेरोजगार युवालाई रोजगार दे, रोजगार दिन नसके बेरोजगार भत्ता दे भन्ने माग राखेर कास्कीका प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको हो । पोखराको पर्यटक वसपार्कबाट निस्केको ¥याली सुरु जिल्ला प्रशासन कार्यालयमा पुगी ४ बुदे माग सहित ज्ञापन पत्र बुझाएको थियो ।

त्यस लगत्तै हल्लनचोक, जिरो किमी, मालेपाटन, विन्दवासीनी, ट्याक्सीचोक बगर हुदैँ, पालिखेचोक, महेन्द्रपुल, पृथ्वीचोक, सभागृहचोक, चिप्लेढुङ्गा हुदैँ मानवअधिकार चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै बेरोजगार युवा संघ नेपालका केन्द्रिय संयोजक चन्द्र बहादु थापा सागरले आफ्नो हक अधिकारको लागि सरकार विरुद्ध बेरोजगार युवाहरु सडकमा ओर्लेर आन्दोलनको घोषणा गरेको बताए ।

त्यसको लागि संघले सरकारलाई वैशाख २० गते सम्म अन्तिम अल्टिमेटम दिएको बताए । ज्ञापन पत्रमा शक्तिशाली बेरोजगार युवा आयोग गठन गरी शैक्षिक, अर्धशैक्षिक, खेलाडी र कलाकार सम्पुर्ण बेरोजगार युवाहरुको सार्वजनिक गरी परिचय पत्र दिनुपर्ने, रोजगारको ग्यारेन्टी सहित कार्यविधी र कार्यतालिका सार्वजनिक गर्नुपर्ने, न्युनतम १ सय ५० दिनको रोजगार वा सो बराबरको बेरोजगार भत्ता दिन शुरुवात गर्नुपर्ने र ३६५ दिनकै रोजगारीको ग्यारेन्टीका लागि समय अवधि र क्षेत्र ठोस गर्नुपर्ने लगायतका माग समेटिइएका छन् ।

संघले यसअघि पनि नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको थियो । वैशाख १० गते राजनैतिक पार्टी युवा संघ संस्थाहरुसँग अन्तरक्रिया गर्ने, १५ गते उद्योगी, व्यापारी, यातायात व्यवसायीहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने, २० गते सम्पुर्ण शहरमा ¥याली, कोणसभा, पर्चा पोष्टर गर्ने आन्दोलनका कार्यक्रम घोषणा गरिइएको छ ।

कमेन्टहरु
Loading...