बैदाम प्रहरीले सिसि टिभीको सहायताले बाइक चोर्दै गर्दा चोर पत्ता लगाउन सफल

गिता राना मगर / पोखरा, ३ बैशाख /वडा प्रहरी कार्यालय बैदामले सिसि टीभीको सहायताले चोर पत्ता लगाउन सफल भएको छ । सोमबार दिउसो लेकसाइड स्थित ल्याण्डमार्क होटलमा पार्किङ्ग गरी राखेको रोयल इन्फल्याण्ड बाइक चोरी गर्दा गर्दै चोर पत्ता लगाउन सफल भएको हो ।काठमाण्डौ देखि पोखरा सम्म बाइक ¥यालीमा सहभागी भइ ल्याण्डमार्क होटलमा वसेका काठमाण्डौका राजु लवाजुको बा २९ प ५०९० नम्बरको रोयल इन्फल्याड बाइक चोरी गर्ने नदिपुरका मन्दिप पन्त र सिन्धुली माडी ७ माझीटार घर भइ काठमाण्डौ कोटेश्वर वस्ने बिवेक मोतmानलाइ बैदाम प्रहरीले रङ्गेहात पक्राउ गर्न सफल भएको हो ।

ल्याण्डमार्क होटलबाट होटल मिराको गल्लीमा बाइक डो¥याउदै गरेको दृश्य प्रहरीले सिसि टिभीमा देखेपछि तत्काल खोजी गर्ने क्रममा होटल मिरा नजिकै रहेको वोर्ड वाल्क गेष्ट हाउसमा पार्किङ्ग गरेको अवस्थामा बाइकलाइ भेटेको र सोधी खोजी गर्ने क्रममा होटलमा वसेको अवस्थामा सिन्धुलीका विवेक मोतmानलाइ पक्राउ गरेको बैदाम प्रहरी प्रमुख झबिन्द्र भट्टराइले वताए ।

प्रहरीले मोतmानलाइ होटलमा पक्राउ गरेपश्चात अनुसन्धान थालेको र अनुन्धानको क्राममा नयावजारको वर्कसपबाट नदीपुरका मन्दिप पन्तलाइ पक्राउ गर्न प्रहरी सफल भएको हो । बाइक चोरी गर्ने गिरोह ठूलो भएको भन्दै कास्की प्रहरीले थप अनुन्धान
भइरहेको जनाएको छ ।

कमेन्टहरु
Loading...