अत्याधुनिक प्रविधिको डिजिटल ट्रङकीङ सिस्टम

पोखरा, ३ बैशाख/पोखराबाट नेपालमै पहिलो पटक अत्याधुनिक प्राविधिको पुलिस डिजिटल रेडियो ट्रङकीङ सिस्टम सुरु हुने भएको छ । त्यसका लागी प्रयोगमा आउने टावरको कास्कीको सराङकोटमा आयोजीत कार्यक्रमा चिनिया राजदुत हु चुन्ताह र नेपाल प्रहरीका प्रमुख कुबेर सिह रानाले प्रविधिको उद्घाटन गरे । नेपाल प्रहरीले विगत लामो समयदेखि प्रयोग गर्दै आएको कन्भेन्सम सिम्टमलाई कास्की प्रहरीले केहि दिन पछि विस्थापित गरी नयाँ प्रविधिको उक्त सिस्टम कहि दिनमा नै प्रयोगमा ल्याउने भएको छ । मित्र राष्ट चिन सरकारले नयाँ प्रविधिको सिस्टम नेपालमा प्रयोग गर्न पहिलो चरणमा करीब ३० करोड बराबरको सहयोग गरेको छ । चिनले २ हजार रेडियो सेट नेपाललाई दिने भएको छ भने पोखरामा मात्र २ सय वटा नयाँ प्रविधिको रेडियो सिस्टम प्रयोग गरीने भएको प्रहरी नायव महानिरिक्षक अमृतकाजी श्रेष्ठले बताए । उक्त सिस्टम पोखराबाट पहिलो पटक सुरु गरीदै छ । त्यस पछि सिन्दुपाल्चोक र काठमाडौमा पनि प्रयोगा ल्याईने भएको छ । सिल्दुपालचोकमा उक्त प्रविधिको जडान कार्य अन्तीम चरणमा पुगेको छ भने काठमाण्डौ उपत्यका भने असार भित्र टावर राखेर उक्त प्रविधि प्रयोगमा ल्याईने भएको डिआईजी श्रेष्ठले बताए ।

रेडियो सिस्टममा एक वा समुहमा कुराकानी गर्न सकिने कुन रेडियोमा कुन ठाँउबाट बोलेको हरेक कुराको रेकड हुने प्रविधिकोे सिस्टम नेपालमा पहिलो हो । मोवाईल सेट जस्तै उक्त सेटबाट रेडियोबाट एसएमएस समेत गर्न सकिने भएको छ भने कुन रेडियो सेट कहाँबाट वालेको हो सोको नक्सा समेत देखाउने जानकारी दिएको  सोलारबाट चल्ने उक्त रेडियो सेट करीब एक महिनासम्म विना चार्ज चल्ने छ ।

उक्त सिस्टमको टावर सराङकोटमा रहेको छ । कार्यक्रममा बोल्दै राजदुत चुन्टाईले नेपाल चिनको पुरानो सम्बन्ध रहेको उल्लेख गर्दै चिन सरकारले प्रदान गरेको रेडियो सिस्टमले नेपालको शान्ति सुरक्षामा सहयोग पुग्ने बताए । उनले नेपाली जनताको निम्ति चीनले उक्त क्षेत्रमा आवश्यक देखेर सहयोग गरेको बताउदै यसमा नेपाल पुलिसले महत्वपुर्ण भुमिका खेल्ने बताए । त्यसै गरि नेपाल प्रहरीका प्रमुख कुबेर सिह रानाले यो प्रविधिबाट प्रहरीलाई गुन्डागर्दी नियन्त्रण गर्न, शान्ति शुरक्षा प्रदान गर्न सहयोग पुग्ने बताए ।

कमेन्टहरु
Loading...