खानेपानी ट्याङकी निमार्ण

पोखरा, २ बैशाख /पाोखरा उप महानगरपालिका वडा नं. १३ मौला मार्गमा खाने पानी ट्याङकी निर्माण गरिएको छ । पोखरा उप महानगरपालिका र स्थानीय वासिन्दाको सहयोगमा ट्याङकी निर्माण गरिएका हुन् ।े ट्याङकीको युवा समाजसेवी विमल बस्यालले उद्घाटन गरे । २ लाख २५ हजार ३ सय ३८ रुपयाँको लागतमा निर्माण सम्पन्न भएको खाने पानी ट्याङकी पोखरा उपमहानगरपालिका कार्यलयको ८० हजार, स्थानीय वासिन्दाको ५३ हजार र अन्य क्षेत्रबाट १ लाख, ७८ हजार रुपयाँ सहयोग भएको थियो ।

पानी ट्याङकी निर्माण भएपछि पोखरा १३ का मौला टोल, संगम टोल, मियाँ पाटन, मौद्ध मौला मार्ग लगायतका क्षेत्रका नागरीकहरुले शुद्ध पिउने पानीको सेवा प्राप्त गर्ने संस्थाले जनाएको छ । त्यसैगरी सोहि स्थानमा रहेको चौतारो पनि पुन निर्माण पनि गरिएको छ ।

मैला मार्ग टोल विकास संस्थाको आयोजनामा सम्पन्न कार्यक्रममा बस्यालले अहिले विकास निर्मार्णको बजेट पनि भष्टाचार भईरहेको बताउदै देश विकासका ेलागि आम नागरीकनै लाग्नुपर्ने जोड दिए । त्यसैगरी नेपाली काँग्रेस वडा नं. १३ का अध्यक्ष बजिरमान श्रेष्ठले वडा नं.१३ को विकासकोलागि आफूले नगरपालिकामा पहल गर्ने बताए ।

ग्णेश तथा भद्रकाली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर कार्की, मुस्लिम धार्मिक सेवा समितिका अध्यक्ष नसुरुद्घिन मियाँ, पूर्व वडा अध्यक्ष राजन गुरुङ लगाएले टोल विकास संस्थाहरुबीचमा एकता भएमा मात्र समाजमा विकास सम्भव भएको वताएका थिए । सोहि अवसरमा पानी ट्याङकी निर्माण र चौतारा पुन निर्माणमा सहयोग पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

कमेन्टहरु
Loading...