कार्यकारी अधिकृत माग्दै पोखरा उपमहानगरपालिका बन्द

पोखरा, ७ भदौ / कार्यकारी अधिकृतको अभाबमा दैनिक कार्यसंचालन प्रभाबित भएपछि पोखरा उपमहानगरपालिकाका कर्मचारीले कार्यलयनै बन्द गरिदिएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन पोखरा उपमहानगरपालिका ईकाई समिति, स्थानिय निकाय कर्मचारी युनियन र स्थानिय निकाय कर्मचारी संघ नेपाल पोखरा उपमहानगरपालिका ईकाई समितिले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी दुई दिनको लागि कार्यालय बन्द गरिएको जानकारी दिएको छ ।

काठमाण्डौ पछि दोस्रो शहरका रुपमा रहेको पर्यटकीय नगरी पोखरामा एकै बर्ष तिन कार्यकारी अधिकृत परिबर्तन भएका छन् भने पछिल्लो समय आएका कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढकाल बिरामी भएकाले आउन नसक्ने बताएपछि नगरपालिकाको आर्थिक एबं प्रशासनिक कार्य नराम्रो संग प्रभाबित बनेको छ । पोखरा उपमहानगरपालिकाको कार्यकारी अधिकृतमा नियुक्त भएपछि डेढ महिना अघि कार्यलय हाजिर गरी बिदामा बसेका ढकाल अहिले सम्म कार्यलयमा उपस्थित भएका छनन् ।

कार्यकारी अधिकृत माग्दै स्थानिय बिकास मन्त्रालय पुगेका कर्मचारीलाई भदौ ५ गतेभित्र कार्यलय प्रमुख पठाउने आश्वासन दिएपनि उपस्थित नभएपछि कार्यलय बन्द गरिएको स्थानिय निकाय कर्मचारी युनियन पोखरा उपमहानगरपालिका ईकाई अध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए ।

कार्यकारी अधिकृत नभएकै कारण नगरपालिकाको टेलिफोन र बिद्युत लाईन काटिएका छन् भने दर्जनौ योजनाहरु पनि प्रभाबित भएका छन् । डेढ महिना सम्म कार्यकारी अधिकृत उपस्थित नहुदा नगरपालिकामा कार्यरत ३ सय ४७ भन्दा बढी कर्मचारीको तलब भक्ता पनि रोकिएको छ ।

कमेन्टहरु
Loading...