जँड्याहाले बढि चलाउँछन् फेसबुक, गाँजाखानेले कम

मध्यपान गर्ने तथा सधै निरासाजनक मानसिकतामा रहने मानिसहरु फेसबुकसँग संवेगात्मक रुपमा जोडिने गरेका र त्यस्ता मानिसहरुले बढि फेसबुक चलाउने एक अध्ययनले देखाएको छ । अमेरिकाको युनिभर्सिटी अफ मिसौरीस्थित पत्रकारिता संकायबाट विद्यावारिधि गरिरहेका रसेल क्लेटनले यस्तो निष्कर्ष निकालेका हुन् । उनका अनुसार गाँजाखाने मानिसहरुले भने कम फेसबुक चलाउँछन् ।

1

फेसबुकमा एक अर्ब प्रयोगकर्ता के कारणले झुण्डिरहेका छन् भन्ने कुराको खोजीगर्ने क्रममा रसेलले यस्तो अध्ययन गरेका हुन् । त्यसक्रममा उनले २२५ जना विद्यार्थीमा अध्ययन गरे । उनले विद्यार्थीको एक्लोपना, निरास हुने प्रवृत्ति, रक्सी खाने तथा गाँजाखाने बानीका बारेमा अध्ययन गरेका थिए । अध्ययनका क्रममा के पाइयो भने बढि रक्सी खाने र निरास रहने मान्छेहरु फेसबुकप्रति मनोवैज्ञानिक रुपमा बढि आबद्ध रहेका र फेसबुक बढि नै चलाउने गरेका पाइयो । तनाव भगाउन तथा एक्लोपन हटाउन र रमाइलो कायम गर्नका लागि अरु साथीसँग सम्बन्ध विस्तार गर्ने प्लाटर्फमका रुपमा उनीहरुले फेसबुकलाई प्रयोग गर्ने गरेको निष्कर्ष शोधकर्ताको रहेकेा छ ।

खासगरी रक्सी सेवन सामाजिक रुपमापनि स्विकार्य भएकेा र पछिल्लो समय कलेजका विद्यार्थीबीच फेसनकै रुपमा स्थापितभएको हुँदा साथीसँगीले मदिरापान गरेका तस्वीर फेसबुकमा पोष्ट गरेमा त्यसलाई चाख मानेर हेर्ने र आफुले पनित्यस्तै गरी फेसबुकमा तस्वीर र स्टाटस पोष्ट गर्ने बानी धेरै युवायुवतीहरुमा हुन्छ । तर गाँजाखानु सामाजिक रुपमा अस्विकार्य हुने भएकाले उनीहरु फेसबुक मार्फत आफ्नो गाँजाखाने बानी सार्वजनिक गर्न सक्दैनन् ।

कमेन्टहरु
Loading...