क्याने एसएलसी दिएर बसेका विद्यार्थीलाई किक्रेट प्रशिक्षण दिने

नेपाल क्रिकेट संघ (क्यान) को मातहातमा रहने गरी स्थापना गरिएको नेसनल क्रिकेट एकेडेमी (एनसिए) ले नया कार्यक्रम एसएलसी दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर ल्याउने भएको छ । एनसिएका प्रशिक्षक तथा नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दासले बैशाखको पहिलो साता देखि एसएलसी दिएर बसेका विद्यार्थीहरुलाई एनसिएले प्रशिक्षण दिने तयारी गरेको हो ।

एनसिएले माघ देखि १२ वर्ष मुनिका विद्यार्थीहरुलाई विद्यालय क्रिकेट अन्तर्गत हरेक शनिबार निशुल्क प्रशिक्षण दिदैं आएको छ । विधालय क्रिकेटलाई दाससहित दीपेन्द्र चौधरी, राजु बस्नेत, कलाम अली, नीरा राजोपाध्याय, विनु बुढामगर लगायतले प्रशिक्षण दिदै आएका छन् । विधालय क्रिकेटमा ५ सय भन्दा बढी प्रशिक्षण लिन आएपछि उत्साहित हुँदै एसएलसीका विधार्थीमा केन्द्रित हुन लागेको दासले बताए ।
एसएलसी प्रशिक्षण कार्यक्रम सशुल्क हुने दास बताउछन् । यसमा खेलाडीलाई प्रशिक्षणका अलावा, पौडी, फिजिकल फिटनेस र आर्ट अफ लिभिङका कक्षामा समावेश गराइने छ ।

एउटा प्याकेज बनाएर प्रशिक्षण दिन लागेको दासले बताए । नेपालका श्रीलंकाली प्रशिक्षक पुबुदु दासानायकेको अग्रसरतामा एनसिए माघ १ गते देखि सञ्चालनमा छ । दुई प्रशिक्षकमा जगता टमाटा र दास तथा रमन सिवाकोटी कम्प्युटर विश्लेषकका रुपमा छन् । एनसिएले अघिल्लो महिनामात्र आफ्नो पहिलो शाखा खोल्नेक्रममा धनगढी क्रिकेट एकेडेमीलाई मान्यता दिएको थियो । दास र नेपाली राष्ट्रिय टोलीका अर्का खेलाडी शक्ति गौचनले शुक्रबार आधारभूत प्रशिक्षण दिएर धनगढी शाखाको प्रारम्भ गरेका थिए ।

कमेन्टहरु
Loading...