केशरीका ४ कीर्तिमान

जगदीश्वर पाण्डे  /काठमाडौ, चैत्र २९ – पछिल्ला चार वर्ष घरेलु एथलेटिक्स ट्रयाकमा केशरी चौधरी र राष्ट्रिय कीर्तिमान एकै रथका दुई पांग्राजस्तै भएका छन् । जब पातलो जीउडालकी केशरी प्रतिस्पर्धाका लागि उत्रन्छिन्, कि त अरूको रेकर्ड तोड्छिन् वा आफ्नै पुरानो कीर्तिमान सुधार्छिन् । उनी र कीर्तिमान सँगसँगै देखिँदै आएको झन्डै ६ वर्ष भयो । दशरथ रंगशालामा भइरहेको ३८ औं राष्ट्रिय च्याम्पियनसिपमा २१ वर्षे केशरीले यस्तै प्रदर्शन गरिन् ।

पुलिसकी यी खेलाडीले एक सय मिटर हडल्समा सविता चौधरीको नाममा रहेको राष्ट्रिय कीर्तिमान तोडिन् भने लङजम्पमा आफ्नै नाममा रहेको पुरानो कीर्तिमान सुधारिन् । केशरीको राष्ट्रिय कीर्तिमान संख्या ४ पुगेको छ । एकैपल्ट चार कीर्तिमान राख्ने केशरी नेपाली एथलेटिक्सकी पहिलो खेलाडी भएकी छन् । ‘मेरो लक्ष्य राम्रो गर्दै जाने हो । पुलिसको प्रशिक्षणबाट भर्खरै फर्केका कारण मैले अझै सोचेजस्तो स्पिड बढाउन सकेको छैन ।

नियमित प्रशिक्षणले अब बढाउने छु,’ उनले कान्तिपुरसँग भनिन्, ‘चार कीर्तिमान कोर्न पाएकामा खुसी छु ।’ उनको एथलेटिक्स प्रशिक्षक सुशीलनरसिंह राणाले प्रशंसा गरे । राणाले केशरीको टिप्पणी गरे, ‘उमेर हेर्ने हो भने उनले अझै धेरै गर्न सक्छिन् । अझै ३/४ वर्ष उनको प्रदर्शन बढ्ने छ ।’

एक सय मिटर हडल्समा केशरीले १५ दशमलब ९ सेकेन्डको समय निकालिन । एपीएफकी सविता चौधरी यसअघि धनगढीमा भएको छैटौ राष्ट्रिय खेलकुदमा १७ दशमलव ५० सेकेन्डको समय दौडेकी थिइन् ।

नेपालले पहिलोपल्ट सन् २००८ मा एसीसी यू-१९ च्याम्पियनसिप क्रिकेटको उपाधि जित्दा मुख्य सदस्य रहेकी बाकेकी केशरीले लङजम्पमा भने आफ्नो पुरानो रेकर्ड -५.२० मिटर) लाई पछि पार्दै ५.३६ मिटर उपि|mइन ।

उनले प्रतियोगितामा तीन स्पर्धामा भाग लिएकी छन् । अन्तिम विधा लङजम्पमा उनी बिहीबार भिड्दै छिन् । उप|mने खालका तीन विधामा भाग लिन नपाउने नियमले गर्दा ५ फिट ४ इञ्च अग्ली केशरीले आफ्नै कीर्तिमान रहेको हाइजम्पमा खेल्न पाइनन् । त्यसैले गर्दा उनले पहिलोपल्ट हडल्समा भाग लिएकी थिइन । cp. ekatnipur

कमेन्टहरु
Loading...