आन्दोलित पोखरेलीसंग बार्ताको लागि सरकारद्धारा ५ सदस्यिय टोलि गठन

पोखरा, ७ भदौ/ क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको माग गर्दै पोखरा बिमानस्थल बन्द गरी रिले अनसन सुरु गरेका पोखरेली संग बार्तामा आउन सरकारले औपचारिक आग्रह गरेको छ । पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले आन्दोललनरत पक्षसंग बार्ताको लागि ५ सदस्यीय टोली गठन गरेको छ । सरकारको औपचारिक पत्र प्राप्त भएकाले बार्तामा बस्ने वा नबस्ने भन्नेबारे निर्णय लिन अहिले सरोकार समितिको बैठक बस्ने तयारी भैरहेको सरोकार समितिका संयोजक कृष्णमोहन श्रेष्ठले जानकारी दिए ।

विमानस्थल निर्माणमा भएको षड्यन्त्र र ढिलासुस्तीको बिरुद्धमा एक दिनको लागि पोखरा बिमानस्थलको सम्पुर्ण हवाई उडान बन्द छ भने रिले अनसन सुरुभएको छ । पोखरा विमानस्थल निर्माण सरोकार समितिकोे अगुवाईमा बिहान १० बजेदेखि पोखरा विमानस्थल अगाडी अनसन सुरु भएको हो ।

पहिलो चरणमा अहिले सरोकार समितिका संयोजक कृष्णमोहन श्रेष्ठ सहित बरिष्ठ काटुर्निष्ट दुर्गा बराल (वात्सायन), अन्तराष्ट्रिय भलिवल खेलाडी सिपोरा गुरुङ, पर्यटनविद झलक थापा, सरोकार समितिका सदस्य आनन्दराज मुल्मी , विश्वशंकर पालिखे र लोकगायिका हरिदेबि कोईराला अनसनमा बसेका छन् ।

सरोकार समितिले नया बिमानस्थल निर्माण कार्य अघि नबढे भदौ १५ गतेदेखि चालु बिमानस्थल अनिश्चतकालको लागि ठप्प पार्ने चेतावनी दिईसकेको छ । बिमानस्थल निर्माण कार्य यथतासिघ्र सुरु गर्न माग गर्दै सरोकार समितिले पोखरा र काठमाण्डौमा बिभिन्न दवाबमुलक कार्यक्रम संचालन गर्दै आएको छ । विमानस्थल निर्माणका लागि ३८ वर्ष अगाडि पोखराको छिनेडाँडामा ३ हजार एक सय ६ रोपनी जग्गा अधिग्रहण गरेपनि अहिलेसम्म बिमानस्थल निर्माण हुन सकेको छैन ।

कमेन्टहरु
Loading...