पेट्रोलियम पदार्थको आपूर्तिमा सहज बन्दै

लेखनाथ, २६ चैत्र/पोखरामा केही दिन यता देखी असहज वनेको पेट्रोलियम पदार्थको आपूर्तिमा सहज वन्दै गएको छ । भारतको रक्सौलवाट निरन्तररुपमा पेट्रोलियम पदार्थको आपूर्ति भएपछि सहज वनेको हो । भारतिय आयल कर्पोरेशनले रक्सौलमा रहेको भण्डारणका टंकीहरु सफा गर्ने क्रममा नेपालमा आपूर्ति हुन सकेको थिएन । गण्डकी तथा धौलागीरी क्षेत्रमा भारतको रक्सौल डिपोवाट पेट्रोलियम पदार्थ ल्याउने गरिन्छ । इण्डियन आयल कर्पोरेशनले भण्डारण ट्याङ्की सफा गर्ने क्रममा यस क्षेत्रमा पेट्रोलियम पदार्थको आपूर्तिमा असहज देखिएको हो, अहिले समस्या छैन, नेपाल आयल निगम गगनगौंडा इन्धन डिपोका प्रमुख भुवन रेग्मीले भने—“उपभोक्ताहरुले आत्तिएर स्टोरेज गर्नु पर्दैन ।” सोमवार मात्रै यस क्षेत्रका सवै पम्पहरुमा पेट्रोलियम पदार्थको आपूर्ति भएको रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार एक लाख ९२ हजार लिटर डिजल र  एक लाख लिटर पेट्रोल बजारमा पठाइएको छ ।

कार्यालय प्र्रमुख रेग्मीले भने—“मंगलवार थप ५६ हजार लिटर पेट्रोल बजारमा पठाईन्छ, त्यसले बजारलाई सामान्य वनाउँछ ।” स्थानीय प्रशासनको दैनिक अनुगमनले समेत उपभोक्ताहरुलाई सहजढंगले पेट्रोलियम पदार्थको उपलब्धता भएको रेग्मीले वताए । उनले भने—प्रमुख जिल्ला अधिकारी यादवराज कोइरालाको समेत प्रत्यक्ष निगरानी र अनुगमनले उपभोक्ता र व्यवसायीलाई व्यवस्थापन गर्न सहज भयो, अव समस्या हुँदैन ।”

केही असहज वनेको अवस्थामा स्थानीय प्रशासन र व्यवसायीको समन्वयका कारण ठुलो समस्या नआएको समेत रेग्मीले वताए । गण्डकी र धौलागीरीको डिपो प्रमुख भएकाले यस क्षेत्रमा पेट्रोलियम पदार्थको आपूर्ती सहज वनाउन आफु सधै लागि परेको वताउँदै रेग्मीले त्यसमा व्यवसायीको समेत साथ हुनु पर्ने उल्लेख गरे । गण्डकी धौलागीरीमा पेट्रोलियम पदार्थको कारोवार गर्ने झण्डै ५० वटा डिलरहरु रहेका छन् । यस क्षेत्रमा सामान्य अवस्थामा दैनिक एक लाख २० हजार लिटर डिजल र ४८ हजार लिटर पेट्रोलको माग रहेको छ ।

कमेन्टहरु
Loading...