एड्स रोग नियन्त्रण संघको रक्तदान तथा ब्लड ग्रुपिङ

चैत्र २४, पोखरा/एड्स रोग नियन्त्रण संघ कास्कीले आयोजना गरेको रक्तदान तथा ब्लड ग्रुपिङ कार्यक्रम पोखरामा शनिवार सम्पन्न भएको छ । कार्यक्रममा ४९ जनाले रक्तदान र ३७ जनाले ब्लड ग्रुपिङ गरेका छन् । पहिलो रक्तदाता एवम् एड्स रोग नियन्त्रण संघकी पूर्व सचिव सीता गुरुङलाई प्रमुख अतिथी कास्कीका स्थानीय विकास अधिकारी इश्वरराज पौडेलले ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथी स्थानीय विकास अधिकारी पौडेलले प्रत्येक स्वास्थ्व व्यक्तिले रक्तदान गर्नुपर्नेमा जोड दिदै संघले गरेको सामाजिक कार्य आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो ।संघका अध्यक्ष विश्वमोहन गौचनले रक्तदान गर्नाले अरुको जीवन बच्ने र रक्तदातालाई समेत फाइदा पुग्ने बताउदै आगामी वर्षहरुमा पनि कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

संघका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक गणेश बहादुर श्रेष्ठले हरेक व्यक्तिले आफ्नो ब्लग ग्रुपीङको बारेमा जानकार राख्नुपर्ने भन्दै संघले निशुल्क ग्रुपिङ गरेको जानकारी दिनुभयो । संघका अध्यक्ष विश्वमोहन गौचनको अध्यक्षतामा भएको कार्यक्रममा सशश्त्र प्रहरी बल कालीका गणका गणपति सशश्त्र प्रहरी उपरिक्षक शम्भु उप्रेती, संघका सदस्य एवम् सामुदायीक प्रहरी तथा सामुदायी सेवा केन्द्र वगरका अध्यक्ष पुरुषोत्तम श्रेष्ठ, शहरी डट्सका अध्यक्ष रुद्रप्रसाद श्रेष्ठ, टोल विकास संस्था बागबजार १ का अध्यक्ष सुबिन्द्र श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।

 

कमेन्टहरु
Loading...