अब धर्तीबाट छिट्टै नै पुरुष गायब हुनेवाला

यदि तपाईहरु यो जमाना मात्र पुरुषको हुन्छ भनेर सोच्नु भएको छ भने तपाईको यो सोच गलत प्रमाणित हुन सक्छ । किनभने अस्ट्रेलियाका वैज्ञानिकहरुले पुरुष प्रजाति आउने केही वर्षमा लोप हुने दाबी गरेका छन् । अझ सबैभन्दा नराम्रो खबर त यो प्रक्रिया सुरु पनि भैसकेको बताएका छन् । डेली मेलका अनुसार अस्ट्रेलियाको प्रख्यात साइंटिस्ट प्रोफेसर जेनी ग्रेव्सले पुरुष प्रजातिको लोप हुने दिशा अगाडी बढिरहेको दाबी गरेका छन् ।

जेनीले पुरुष र महिला प्रजातिको क्रोमोजोमको गणनाको आधारमा दाबी गरेका हुन् । जेनीका अनुसार सेक्स क्रोमोजोम अस्तित्वको लडाईमा क्रोमोजोम महिलाको पक्षमा जाने बताएका छन् । पुरुषमा हुने वाइ सेक्स क्रोमोजोम अर्थात गुणसुत्रको आणुवंशिक यति तेज रुपमा नष्ट भैरहेको छ कि आउने ५० लाख वर्षमा यो पुरा नष्ट हुनेछ ।
तर केही अन्य वैज्ञानिकहरुले जेनीको यस दाबीलाई गलत बताइ विरोध गरिरहेका छन् । राँबिन सेक्स क्रोमोजोमका एक्सपर्टका अनुसार अहिले वाई क्रोमोजोम एक्स को तुलनामा कमजोर भएपनि यो यति छिटै लुप्त नहुने बताएका छन् । त्यसैले पुरुषहरु यस कुरामा नडराउन समेत राँबिनले आग्रह गरेका छन् ।  cp.
कमेन्टहरु
Loading...