चौथो हेमजा आलु महोत्सव शुरु

पोखरा, २१ चैत/विष्णुपादुका क्लव हेमजाको संयोजनमा बुधबार देखि हेमजामा चौथो हेमजा आलुमहोत्सव शुरु भएको छ । सुन्दर गाउ हेमजा जाऔ आलुका स्वादिष्ट परिकार खाऔ, आलु एक परिकार अनेक भन्ने मुल नारका साथ आयोजना गरिएको उक्त महोत्सव चैत २५ गते सम्म चल्ने छ । हेमजालाई समग्ररुपमा आर्थिक तथा सामाजिक उत्थानका लागि कृषि पर्यटन, साँस्कृतिक व्यापार व्यवसायिक दृष्टिकोणले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउनुको साथै उत्पादक र उपभोक्ता वीच सिधा सम्पर्क स्थापित गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवमा १४ वटा आलुका परिकारका स्टल, २५ वटा व्यवसायिक स्टल, १२ वटा कृषि प्रविधि प्रदर्शनीका स्टल रहेका छन् । महोत्सवमा आलु तथा ताजा तरकारीहरुको वृहत प्रदर्शनी, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकार, वाल उद्यान साथै मरुभुमिमा रहने जनावर उटको सवारको व्यवस्था, राष्ट्रिय तथा स्थानिय कलाकारको वेजोड प्रस्तुती, चर्चित हास्य कलाकारहरुको प्रस्तुती, च्याउ प्रदर्शनी, जापानिज सुन्तलाको प्रदर्शनी, सेती नदी ¥याफ्टिड्ड, जिपलाईन फ्लाएर, प्याराग्लाइडिड्ड जस्ता सहासिक खेलहरु समावेश गरिएको छ ।

आलु महोत्सवको उद्घाट गर्दै पश्चिमाञ्चल क्षेत्रिय प्रशाशन कार्यालय पोखराका क्षेत्रीय प्रंशाशक सुमनप्रसाद शर्माले कृषिलाई व्यवसायिकरण गर्न महोत्सवले थप उर्जा दिएको वताए । कृषि क्षेत्र अझै पनि पछाडि परको छ उनले भने– कृषिलाई व्यावसायिकरण गर्नका लागि कृषकहरुको एकताको खाँचो छ । मरुभुमिमा रहने जनावर उट पनि महोत्सवमा ल्याईएकोले महोत्सवमा सहभागि दर्शकहरुले उटमा चढेर मनोरञ्जन लिएका थिए ।

महोत्सवमा करिव ३० टनको आलुको पहाड वनाईको छ । महोत्सवमा आलुको मुल्य प्रति केजी २६ रुपैयामा विक्रि वितरण भएको छ । महोत्सवमा युवा युवतीलाई लक्षित गरेर वेलुकाको समयमा राष्ट्रिय तथा स्थानिय व्याण्डको कन्सर्ट पनि राखिएको आयोजकले जनाएको छ । महोत्सवमा आलुको ढिडो, दाल अचार खिर मुख्य परिकारको रुपमा राखिएको छ । महोत्सवमा करिब १४ करोडको आलुको कारोबार हुने आयोजकले जानकारी दिएका छन् ।

 

कमेन्टहरु
Loading...