एमाओवादीमा नेतृत्व चयनका लागि कार्यदल गठन

१८ चैत, काठमाण्डौ । एकीकृत माओवादीले पार्टीमा रित्त रहेका पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि पाँच सदस्यीय कार्यदल गठन गरेको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतवार बसेको केन्द्रीय समितिको वैठकले नेता कृष्णवहादुर महराको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।

यस्तै वैठकले चैत २४ देखि बैशाख १८ गतेसम्म देशभर आमसभा गर्ने निर्णय गरेको छ । केन्द्रीय समितिको अर्को वैठक जेठ १ गते बस्नेछ । वैठकमा महाधिवेशन आयोजक समितिका सदस्यलाई पनि बोलाइएइको थियो । cp.

कमेन्टहरु
Loading...