प्राबिधिक समस्या आए पछि तारा एयरको बिमान जोमसोममा

पोखरा, ३ भाद्र/तारा एयरको ढल् ब्द्यत्त टुइनटर विमानमा प्राविधिक समस्या आएपछी मुस्ताङको पुथाङ एयरपोर्टमा नै अवतरण गरिएको छ । आईतबार बिहान पोखरा तर्फ उडने क्रममा पाङग्रामा समस्या आए पछि संभाबित दुर्घटनाबाट बच्नका लागि मुस्ताङ विमान स्थलमा नै अवतरण गरेको हो । सामान्य प्राबिधिक समस्या आए पछि तारा एयरको बिमान जोमसोम बिमान स्थलमा राखीएको नागरीक उड्डयन कार्यालय जोमसोमका प्रमुख शिब प्रसाद उपाध्यायले बताए ।

उड्नको लागि धावन मार्गबाट घुमाउने क्रममा ढल् ब्द्यत्त टुइनटर विमान पाङ्ग्रा दाँयाबाँया नमोडिएपछि पाईलटले रोके पछि जहाजलाई धावनमार्गबाट बिमानलाई धकेलेर विमानस्थलको पार्कीङमा ल्याइएको थियो । नेपाली सेना र प्रहरी जहाजलाई तानेर विमानस्थलमा राखेका थिए ।

यात्रु सहित धाबनमार्गबाट पोखरा उडनका लागि धुमाउने क्रममा प्राबिधिक समस्या आएकोले चालकदलका सदस्यले रोकेर जोमसोममै बिमान राखेका हुन । काठमाडौबाट प्राविधिकको टोली बोलाइ जहाज मर्मत गरेर पोखरा लैजाने तारा एयरका कर्मचारी सुचन लालचनले बताए । जोमसोममा हाल चलिरहेको एकमात्र बिमानले बिरामी देखि पर्यटक सम्मलाई सेवा दिदै आएको थियो ।

कमेन्टहरु
Loading...