एनआरटी सुपर लिग फुटबलको उपाधि होडवाट बाहिरियो

११ चैत, काठमाण्डौ । न्यूरोड टिम एनआरटी सहिद स्मारक ए डिभिजन सुपर लिग फुटबलको उपाधि होडवाट बाहिरिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपाल आर्मी क्लबसंग २-१ गोल अन्तरले पराजित भएपछि एनआरटी दुई खेल बाँकी छदै उपाधि होडवाट बाहिरिएको हो ।

जितसंगै आर्मी भने लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । आर्मीलाई जित दिलाउन नबयुग श्रेष्ठले खेलको ३३ औँ र ४८ औँ मिनेटमा दुई गोल गरे । खेलको ५० औँ मिनेटमा एनआरटीका लागि पेनाल्टीमार्फत सेगुन एकिनाडेले गोल गरेपनि हार टार्न सकेनन् । आर्मी २० खेलवाट ३५ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ भने एनआरटी समान खेलवाट ३५ अंकका साथ चौथो स्थानमा झरेको छ ।

यस्तै दोस्रो खेलमा डिफेन्डिङ च्याम्पिएन नेपाल पुलिस क्लब र फेन्ड्स क्लबले २-२ गोलको बराबरी खेलेका छन् । फेन्ड्सका लागि प्रकाश बुढाथोकीले २१ औँ र ६७ औँ मिनेटमा गरी दुइृ गोल गरे भने पुलिसका लागि प्रदिप बानियाँले खेलको ३९ औँ र ४९ औँ भोला सिलवालले गोल गरे । बराबरीसंगै फ्रेन्ड्स २० खेलवाट ३१ अंकका साथ छैठौँ स्थानमा यथावत छ भने पुलिस समान खेलवाट ३० अंक जोड्दै सातौँ स्थानमा उक्लिएको छ । cp. onlinekhabar

कमेन्टहरु
Loading...